प्युठानमा युवक संघको संगठन निर्माण जारी, एकै दिन तीन स्थानमा भेला

प्युठान । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका वडा न. ५ ढाँडा, मच्छी र टाँडापोखरीमा टोलको छुट्टाछुट्टै भेला सम्पन्न भएको छ ।

मच्छीमा सम्पन्न भेलाले प्रकाश विक्रम जिसीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा उदय विक, सहसचिव सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश पोख्रेल रहनुभएको छ।

त्यसैगरी सदस्यहरुमा केसरबहादुर बस्नेत, गुणेन्द्र जिसी, नारायण जिसी, झकेन्द्र जिसी, सुमन जिसी, निश्चल श्रेष्ठ, समीर भण्डारी, संजय जिसी, विष्णु बहादुर सामत, मिलन पौडेल, कविन्द्र जिसी, नारायण जिसी, प्रतीक जिसी, भक्तु गिरी, यानी गहतराज, अर्जुन जिसी, विवस बस्नेत, हेमन्त गिरी लगाएत हुनुहुन्छ ।

त्यसैगरी ढाँडा टोल समितिको अध्यक्षमा मोहन एमसी चयन हुनुभएको छ भने सचिवमा दलविर जिसी र कोषाध्यक्षमा ध्रुव जिसी चयन हुनुभएको छ ।समितिको सदस्यहरुमा अभिष्ट केसी विविर्त केसी, गिरवहादुर जिसी, पारस बस्नेत, सरोज खड्का, अनिस केसी, सुशील जिसी, राजेन्द्र एमसी लगाएत चयन हुनुभएको छ ।

यसैगरी, टाँडापोखरी टोल समितिको अध्यक्षमा वसन्त जिसी, सचिवमा रामहादुर जिसी र कोषाध्यक्षमा रामबहादुर केसी चयन हुनुभएको छ भने सदस्यहरुमा सुरज रोका, दिनेश केसी स्याम बहादुर खड्का, सन्तोष जिसी, अर्जुन रोका, तालबहादुर केसी, वसन्त केसी, अर्जुन रोका र मदन जिसी रहनु भएको छ ।

भेलाहरुको सहजीकरण अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसीले गर्नुभएको थियो । भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार वीरबहादुर जिसी, वडा अध्यक्ष टीका जिसी, वडा सदस्य रामबहादुर विक, राष्ट्रिय जनमोर्चा झिमरुकका नेता देवेन्द्र जिसी, राजेन्द्र विक्रम सिंह, अइन्द्र विक, भरत ढकाल र मदन जिसी लगाएतका नेताहरु भेला सफलताको शुभकामना दिनुभएको थियो । भेलाको अध्यक्षता केसर बस्नेत र सञ्चालन रामचन्द्र भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार