प्रगतिशिल विवाह सम्पन्न, नव वर–वधुलाई हार्दिक बधाई

निलगिरी, १४ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज व्यानर तले भव्य प्रगतिशिल विवाह सम्पन्न भएको छ । सो विबाह मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत विद्यार्थी विभाग अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय समितिकी उपाध्यक्ष कुमारी थापा र नरेन्द्र थापा बीच सम्पन्न भएको हो ।

कुमारी थापा जैमिनी नगरपालिका ९ पैंयु, बाग्लुङ निवासी हाल तमिलनाडुको परेटन क्षेत्र ऊटीमा कार्यरत बिरेन्द्र थापाकी सुपुत्री हुन् भने नरेन्द्र थापा जैमिनी नगरपालिका १ कुस्मीसेरा निबासी रेशम थापाका सुपुत्र हुन् ।

विवाह समारोहको अध्यक्षता बधुका पिता तथा मूल प्रवाह क्षेत्रीय सदस्य बीरेन्द्र थापाले र सञ्चालन नगर सचिव मिना हमालले गर्नु भएको थियो ।

समारोहमा बर तथा बधुले आशन ग्रहण गरे पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय प्रतिनिधि जगत हमाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर अध्यक्ष टेकबहादुर विक, महिला बिभागबाट लक्ष्मी विक, विद्यार्थी क्षेत्रीय सदस्य कविता हमाल, रक्तिम बिभागबाट बलबहादुर विक, खेलकूद बिभागबाट मधु खनाल, बधुकी आमा रूपा थापा, बरकी आमा लोककुमारी थापा लगायतले अतिथि गणले आशनग्रहण गर्नु भएको थियो ।

विवाह समारोहमा उपस्थित सम्पूर्ण आगन्तुकहरू लाइ बधुकी बहिनी कस्तुरी थापाले शब्दबाट र रक्तिम साँस्कृतिक अभियानले संगितबाट स्वागत गरेका थिए ।

प्रगतिशील विवाहको प्रक्रिया अनुसार बर नरेन्द्र थापाले बधुलाई वैवाहिक प्रस्ताव राख्नु भएको थियो । उक्त प्रस्तावलाई बधुले सहर्ष स्वीकार गरे पछि वैवाहिक समारोह प्रक्रिया बद्ध रूपमा अगाडि बढेको थियो ।

नव बर तथा बधुलाई प्रमुख अतिथि जगत हमालले बधाइ दिनुका साथै प्रगतिशील विवाहको औचित्यता बारे औलाउदै समाजमा रहेको पुरानो रूढीवादी परंपराबाट बिस्तारै प्रगतिशील प्रक्रिया तर्फ अगाडि बढ्नु पर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार