प्रगतिशील पत्रकार संघको अध्यक्षमा जिएम

बुटवल । प्रगतिशील पत्रकार संघ, नेपालले आगामी वैशाख महिनामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

संघले पुरानो समिति भंग गरी उदय जिएमको अध्यक्षतामा सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ । समितिको सचिवमा श्यामलाल पोखरेल र कोषाध्यक्षमा बिनोद पौडेल रहनुभएको छ ।

१९ सदस्यीय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरि, विद्यानाथ अधिकारी, गोपाल बराइली, श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहनुभएको छ ।

आगामी चैत ६ गते काठमाडौंमा आयोजक समितिको बैठक बसी सम्मेलनको मिति र समय ठेगान गर्ने सचिव श्यामलाल पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार