प्रतिगमनको खतरा पुनः देखापर्दैछ

– मोहनविक्रम सिंह

– मोहनविक्रम सिंह

आजदेशमा पुनः २०१७पुष १ गते पूर्वको स्थितिको पुनरावृत्तिहुने सम्भावना देखापर्दै गइरहेको छ । त्यो बेलाकांग्रेस सत्तामाथियो र उसको बहुमतथियो । तर त्यसकागलतनीतिहरुका कारणले जनतामाअसन्तोष बढिरहेको थियो र त्यसबाट राजा र राजवादीहरुले फाइदा उठाउँदै गइरहेका थिए । उनीहरुले विभिन्न रुपले आन्दोलन सञ्चालनगर्दै गइरहेका थिए । नयाँ स्थितिमा पुनःत्यहीप्रकारको इतिहासको पुनरावृत्तिभइरहेको त छैन ?प्रश्न उठाउने ठाउँछ । आजनेकपा (नेकपा) सत्तामा छ । त्यसले एकपछि अर्को गर्दै गलतनीतिअपनाउँदै गइरहेको छ । त्यसबाट फाइदा उठाएर राजावादीहरु अगाडि आउने प्रयत्न गरिरहेका छन् । त्यसले गर्दा २०१७पुष १ गतेको इतिहासको पुनरावृत्तिहुने खतरा बढ्दै गइरहेको छ ।

त्यो बेला र अहिलेको स्थितिमा भएकाकतिपयअन्तरहरुमाथिपनिहाम्रो ध्यानजानुपर्ने आवश्यकता छ । त्यो बेला राजा सत्तामाथियो र त्यसको स्थिति संवैधानिक रुपमाबलियो थियो । राजा धेरै बदनामपनिभएको थिएन । तर अहिले स्थितित्यस्तो छैन । देशमा राजतन्त्रको अन्तभएको छ र त्यो धेरै बदनामभएको छ । पूर्व राजा ज्ञानेन्द्रको स्थिति वीरेन्द्रकोभन्दा धेरै कमजोर र बदनामपनि छ । राजतन्त्रको पुनस्र्थापनाभएमा राजाबन्ने ज्ञानेन्द्र नै हुन् र उनकाउत्तराधिकारी पारस नै हुन् भन्ने कुराप्रतिपनिआमजनताको ध्यान छ । वास्तवमात्यो कुरा जनतालाई अलिकतिपनिपाच्य छैन ।

त्यो अवस्थामा २०१७ सालमात्यो बेलाको नेकाको सरकारलाई हटाएर आफ्नो निरंकुशशासनकायम गर्न राजालाई जति सजिलो थियो, अहिले छैन । अर्कातिर, वर्तमान सरकारको पक्षमापनिबलियो स्थिति छैन । पहिलेकादुईवटा पार्टीहरु, पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेकपाको गठन भएको हो । तर उनीहरुकाबीचमा राजनीतिक, संगठनात्मक वाभावनात्मकप्रकारकोपनिएकताभएको छैन । उनीहरुको स्थिति माक्र्सले भने झै, आलुकाबोरा को जस्तो छ । आलूको बोरा बाहिरबाट हेर्दा एउटै जस्तो देखिन्छ । त्यसलाई खोल्दाआलूहरु बेग्ला बेग्लैदिशामाछरिन्छन् । आफ्नो त्यस प्रकारको संगठनात्मक स्वरुपका कारणलेपनिदेशलाई प्रभावशालीप्रकारले चलाउनु उनीहरुकालागि सम्भव भएको छैन ।

नेकपाको अर्को गम्भीर समस्यानीतिगतहो । उनीहरुले आफूलाई कम्युनिष्ट पार्टीको रुपमा घोषणा गरेका छन् । संसारभरका सबै संशोधनवादीहरुले त्यसै गर्दछन् । उनीहरुले आफूलाई सच्चामाक्र्सवादी–लेनिनवादीभएको दावीगर्दछन् । डा. केशरजंग रायमाझीले त्यही गरेका थिए ।वीसौं महाधिवेशनपछि सोभियत संघको कम्युनिष्ट पार्टीले पनित्यस्तै गरेको थियो । तर अन्तमाउनीहरुको वास्तविक रुप बाहिर आयो । नेकपापनि अब कम्युनिष्ट पार्टी रहेको छैन । त्यसकारण त्यसले कम्युनिष्ट पार्टीको हैसियतले काम गरेन भनेर शिकायतगर्नुको कुनै अर्थ छैन र त्यसबाट त्यस प्रकारको आशापनि गर्न सकिन्न । तैपनिनेकपा एउटा देशभक्त,जनतान्त्रिक र वामपन्थीशक्तिहो । तर त्यो हैसियतले पनित्यसले जतिकाम गर्नुपर्दथ्यो । त्यो गर्न सकिरहेको छैन । त्यसले आफ्नो घोषणापत्रमा जुननीति र कार्यक्रमको घोषणा गरेको छ, त्यसलाई पनिलागू गर्न सकिरहेको छैन ।जस्तै कि समाजवादउन्मुखनीति । संविधानमा समाजवादउन्मुख राज्यको निर्माणको कुरा गरिएको छ र नेकपाले पनित्यहीप्रकारको प्रतिवद्धता प्रकट गरेको छ । तर व्यवहारमा त्यसको नीतियथास्थितिवादी र पूँजीवादीप्रकारको छ । त्यसले आफ्नो घोषणापत्रमा उल्लेख गरेका कतिपयनीतिगतकार्यक्रमहरु पनिप्रयोग गर्न सकेको छैन ।त्यसको कार्यशैलीमापनि कैयौं समस्या र कमजोरीहरु रहेका छन् । जसले गर्दा त्यसप्रतिको जनअसन्तोष बढ्दै गइरहेको छ ।

नेकपाको अर्को समस्यावाध्यता, असहायपनवालाचारीहो । संसारका समाजवादीवावामपन्थीप्रकारका नीतिहरु अपनाउने सरकारहरु माथि अमेरिकन साम्राज्यवादलेवाविभिन्नप्रतिक्रियावादीशक्तिहरुले हमला गरेका उदाहरण हाम्रा अगाडि छन् । विश्व समाजवादीव्यवस्थाको अन्तपछि अमेरिकी साम्राज्यवादले ल्याट्रिन अमेरिकाकाकैयौं वामपन्थी सरकारहरुलाई अपदस्थ गरायो ।सोभियत संघको समर्थन नभएको भएक्यूवाको अस्तित्वपनि रहने थिएन । केहीवामपन्थीवा समाजवादीनीतिअपनाउने वित्तिकै कुनै देशले कतिप्रतिकूल र कठिन स्थितिको सामना गर्नुपर्दछ ? भेनेजुएलाको उदाहरण हाम्रा अगाडि छ । नेकपाकाअध्यक्ष प्रचण्डले भेनेजुएलाबारे केही कडा वक्तव्यदिने वित्तिकै त्यसले (नेकपाले) वात्यसको सरकारले अमेरिकाको कडा विरोधको सामना गर्नुपरेको थियो । त्यसै गरेर चिनियाँ विदेशमन्त्रीसितको कुराकानीमा नेपाल इण्डोप्यासिफिक रणनीतिमा सामेल नभएको कुरा चिनियाँ पत्रपत्रिकाबाट बाहिर आएपछि अमेरिकाले नेपाल सरकारसित स्पष्टिकरण मागेको उदाहरण पनिहाम्रा अगाडि छ । त्यो बाहेक नेकपाको सरकारका अगाडि भारतीय साम्राज्यवादको दवावपनिकम छैन । त्यसले खालीबाहिरबाट मात्रहोइन, नेपालका कैयौं भारतपरस्त राजनीतिक संगठन वाप्रतिक्रियावादीतत्वहरुलाई उचालेर वर्तमान सरकारलाई आफ्नो नियन्त्रणमा राख्ने नीतिअपनाईरहन्छ ।

देशभित्रकाविभिन्नमाफियाग्रुप, भ्रष्ट र नोकरशाहीप्रशासनयन्त्र र स्वयं नेकपाभित्र बढ्दै गएकाविभिन्नदवावसमूहका कारणले पनि सरकारका अगाडि थुप्रै विघ्न, बाधा र समस्याहरु देखापरेका छन् र त्यो लगातार असफलबन्दै गइरहेको छ ।

गणतन्त्र माथि एउटा अर्को दिशाबाट पनिहमलाभइरहेको छ – वामपन्थी दिशाबाट । खासगरेर नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (विप्लब)ले वर्तमान सरकारमाथिवामपन्थी दिशाबाट हमला गरिरहेका छन् । उनीहरुको व्याख्या यो छ – वर्तमान गणतन्त्र बुर्जुवाहो । त्यसकारण त्यसको कुनै उपयोगिता छैन र त्यसलाई समाप्त गरेर नयाँ जनवादी गणतन्त्र ल्याउनु पर्दछ । रणनीतिक रुपमात्यो नारा सहीहो । तर कार्यनीतिक रुपमाअहिले नयाँ जनवादीगणतन्त्र ल्याउनु सम्भव छैन । अहिले उनीहरुको विरोधले पनिविद्यमान गणतन्त्रलाई कमजोरपार्न नै बल पु¥याउने छ । त्यसरी गणतन्त्र समाप्तभयो भने त्यसबाट लाभप्रतिगमनलाई नै पुग्ने छ । स्वयंकतिपय गणतन्त्र पक्षधर शक्तिहरुबाट पनिगणतन्त्रमाथि हमलाभइरहेको छ । नेकालाई गणतन्त्र पक्षधर शक्तिका रुपमा गणना गर्नुपर्ने हुन्छ । किनभने वर्तमान संविधाननिर्माण गर्दा त्यो पनि सहभागीथियो । तरत्यसभित्रगणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने पक्षबढ्दै गइरहेको छ । नेका भित्रको एउटा ठूलो शक्तिधर्मनिरपेक्षता समाप्त गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउनतथा राजतन्त्रको पुनस्र्थापना गर्नआवाज उठाइरहेको छ र त्यसको नेतृत्वपंक्ति नै त्यसकापक्षमा देखापर्दै गइरहेको छ ।

ने.क.पा.को नेतृत्वले स्पष्ट र दृढतापूर्वक गणतन्त्रका पक्षमाआवाज उठाइरहेको छ । त्यो स्वागतयोग्य कुरा हो । तर त्यो संगठन के पूरै गणतन्त्रका पक्षमाउभिने छ ?त्यसको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त चरित्रमाथिविचार गर्दा त्यो कुरा माथि पूरै विश्वास गर्न मुस्किल पर्दछ ।त्यो बाहेक, जस्तो कि माथिउल्लेख गरियो, वर्तमान सरकारका गलतनीति र कार्यशैलीका कारणले जनतामाजुनअसन्तोष पैदा भइरहेको छ र वर्तमान सरकार अलोकप्रियहुँदै गइरहेको छ, त्यसले गर्दा पनि गणतन्त्रको आधार कमजोर हुँदै गइरहेको छ । देशमाअझै पनिसामन्ती संस्कार र विचारहरुको असर छ । आज राजतन्त्रछैन, तर त्यसको वर्गीय आधार समाप्तभएको छैन । पूर्व पञ्चहरुले अहिले पनिराजतन्त्रको पुनस्र्थापनागर्न संगठितप्रकारले अभियानचलाइरहेका छन् ।
राजावादीहरुले हिन्दूराष्ट्रको नारालाई नै आफ्नो मुख्यहतियार बनाएका छन् । भारतीय साम्राज्यवादले पनिउनीहरुको अभियानलाई मद्दत गरिरहेको छ । वर्तमान सरकार वात्यसका नेताहरुले कतिपय साम्राज्यवादीनीतिहरुका विरुद्ध व्यक्त गर्ने विचारहरुका कारणले पनि साम्राज्यवादीशक्तिहरु वर्तमान सरकारसित प्रसन्न छैनन् । वर्तमान सरकार अवसरवादी, ढुलमुल र सम्झौतापरस्त भएपनि साम्राज्यवादीहरुलाई चाहिएको एउटा पूरै दलाल सरकारहो र वर्तमान सरकारले उनीहरुको त्यो आवश्यकता पूरा गर्दैन । त्यसैले उनीहरुले वर्तमान सरकारको ठाउँमा उनीहरुको पूरै दलाली गर्ने वैकल्पिक सरकारको स्थापनाकालागि एक वाअर्को प्रकारले षडयन्त्र गरिरहने छन् र गरिरहेका पनि छन् ।

उपरोक्तप्रकारको परिस्थितिमा देशमा गणतन्त्रका विरुद्ध जुनखतरा उत्पन्नभएको छ । त्यसलाई हल्का रुपमालिनु सहीहुने छैन । यो अवस्थामा गणतन्त्र पक्षधर शक्तिहरुको बीचमाव्यापकएकताआजको ऐतिहासिक र राष्ट्रिय आवश्यकताहो । गणतन्त्र पक्षधर शक्तिहरुकाबीचमा कैयौं राजनीतिकमतभेदहरु हुन सक्छन् र कोही सत्तामा र कोहीप्रतिपक्षमापनिहुन सक्दछन् । त्यो कुरा जे भएपनिआजहाम्रा अगाडि जुनगम्भीर राष्ट्रिय र ऐतिहासिकजिम्मेवारी उत्पन्नभएको छ । त्यसप्रतिगम्भीर भएर हामीले आपसमाएकताकायम गर्नुपर्ने आवश्यकता छ । यसरी नै हामीले २०१७ सालको पुनरावृत्तिको खतरालाई रोक्न सक्दछौं र रोक्नु पनि पर्दछ । आज गणतन्त्रका विरुद्धको खतरा केही सलबलाएजस्तो देखिएपनि वस्तुगत रुपमा स्थिति गणतन्त्रको पक्षमा नै छ । आज ०१७ सालको स्थिति छैन र त्यसकातुलनामाजनचेतना धेरै माथि उठिसकेको छ । त्यसले हामीहरुलाई बल र आत्मविश्वास पनि दिन्छ । त्यो आत्मविश्वसलाई हामीले सही र कुशलतापूर्वक प्रयोग गर्नुपर्ने आवश्यकता छ । अन्यथाइतिहासका बेग्लाबेग्लै मोडमा गरिने सामान्यगल्तीहरुकापनि कैयौं दुष्परिणामहरु हुन सक्दछन् । अहिले गरिने त्यस प्रकारको कुनै गल्तीको परिणाम ०१७ सालकोभन्दा कैयौं गुणा गम्भीर हुन सक्दछ । ०१७ सालमा त खालीप्रजातन्त्रमाथिमात्र आघात पुगेको थियो । तर अहिले हुने कुनै पनिगल्तीको दुस्परिणामले विद्यमानलोकतन्त्र र गणतन्त्रका साथै देशको राष्ट्रियता र स्वतन्त्रअस्तित्व समेत समाप्तहुने खतरा छ । त्यसले गर्दा हामीहरु अत्यन्तगम्भीर हुनुपर्ने ऐतिहासिकआवश्यकताउत्पन्नभएको छ ।
मिति : २०७६ असोज १४ गते

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार