प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैनः केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबैले उचित भूमिका खेल्नुपर्ने बेला आएको बताउनुभयो ।

नेता केसीले सङ्घीयता खारेज गर्नाको विकल्प नभएको तर्क गर्दै स्थानीय तहलाई बलियो बनाउनुपर्ने र प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार