प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाई बुधबार

काठमाडौं । प्रतिनिधि सभा विघटन संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेका रिटमाथि बुधबार सुनसवाई हुने भएको छ ।

सर्वोच्चमा प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याउन माग गर्दै ११ वटा रिट निवेदन दर्ता गरिएको छ ।

कतिपय काननविद्हरूले अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको भन्दै सो कदम अनधिकृत भएको तर्क गरेका छन् ।

सरकारले आइतबार अकस्मात संसद विघटन गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । सत्तारुढ दलभित्रको आन्तरिक किचलोका कारण संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार