प्रदेशी छोरीको वेदना

कमला बगाले– हिसार

घर आउँन पाईन बाबाआमा
यसपालीको यो दशैंमा ।
पोहर मैले वाचा गरि हिडेको हो
आउँछु पक्कै अर्को दशैंमा ।।

दशैंमा बाबा आमा,
भाई बहिनिहरुलाई भेट्ने ईच्छा धेरै थियो ।
कोरोना माहामारीले गर्दा प्रदेश
मै बस्न बाध्यता बनाई दियो ।।

रातो टीका, जौंको जमरा लगाउँदै
हजुरहरुले दिने आर्शिवाद ।
कति रमाइलो हुन्थ्यो दशैं, तिहार
हजुरहरुको साथ मनाउँदा ।।

रहरले हैन बाध्यताले
मञ्जदुरी गरि बसेकी छु छिमेकी देशमा ।
यो पाली बाबा आमाको हातको
टीका लगाउला भन्ने आसमा ।।

हजुरहरुको हातको
टीका ग्रहण नगरेको पनि धेरै समय भएछ ।
आज होकी भोलि स्वदेश फर्कने
भन्दाभन्दै चार वर्ष बिति सकेछ ।।

अझै थाहा छैन कति
दशैं, तिहार बिताउन पर्ने, प्रदेशको भुमिमा ।
मनमा कल्पना गरि दिनचर्या
बिताएकी छु अर्कैको भुमिमा ।।

मनमा कति खुसी मिल्थो
रातो टीका जमरा लगाएर हिड्दा गाउँ घरमा ।
त्यही दशै तिहारको रमाईलोलाई
सम्झना गर्दै बस्न बाध्यता छु प्रदेशमा ।।

प्रदेशी छोरि बाबा आमालाई
भेट्न आउँने छु अर्को दशैंमा ।
नरुनु है बाबाआमा
अर्को साल सँगै वसौंला हाम्रो दशैंमा ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार