प्रदेश विकास प्राधिकरण ‘बेमौसमी बाजा’ : सांसद जिसी

बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको अवधारणालाई ‘बेमौसमी बाजा’ को संज्ञा दिनुभएको छ । राष्ट्रिय जनमोचाका सांसद जिसीले प्राधिकरणको स्थापना र संरचना सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमथी सैद्धान्तिक छलफलमा भाग लिँदै यसलाई बेमौसमी बाजा बताउनुभएको हो ।

‘यो विकराल अवस्थामा प्राधिकरणको किन आवश्यक पर्यो ? के विभिन्न योजना कार्यन्वयन गर्न जे जती महाशाखा, शाखाहरुछन् ती प्रयाप्त छैनन?’ जिसीले प्रश्न गर्नुभयो, ‘बरु एकाध जिल्लामा क्रियाशिल विभागहरुका जिल्ला कार्यलयहरु अझै स्थापना हुन बाँकी हुदा स्थानीय जनतालाई सेवा प्रवाहमा समस्या भएकोले स्थापनाको आवश्यकताछ, सरकारको ध्यान त्यता जान जरुरी छ ।’

शक्तिशाली प्राधिकरणको प्रस्ताव अघि सारिएको छ,यस्ले नया के काम गर्छ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘यसले भौतिक संरचना समेत नभएर भाडामा सेवा दिन बाध्य प्रदेशका वार्ड र गाउँपालिका स्तरका सामुदायिक स्वास्थ्य केन्द्र निर्माणमा रकमको माग पूरा गर्छ ?’

कोभिड–१९ माहामारीको चपेटामा परेका नागरिक राज्यको आर्थिक अभावका कारण जोखिमपूर्ण होम आइसोलेशनमा बस्न वाध्य भएकोतर्फ उहाँले स्मरण गराउनुभयो । जनताको बाँच्न पाउने मौलीक अधिकार समेत हनन भएको उहाँको भनाई थियो ।

‘माननीय मुख्यमन्त्रीज्यूले प्रदेशमा धेरै काम भएको, अरु भन्दा यो प्रदेश अगाडि भएको पटक पटक चर्चा गर्नुहुन्छ के यो विधेयक आएपछि प्रदेशका वेरोजगार युवाहरु भोकै मर्ने अबस्था सिर्जना भएपछि ज्यान जोखिममा राखेर भारत र तेस्रो मुलुकमा जाने बाध्यता रोक्न सक्छ?’ उहाँले भननुभयो, ‘प्रदेश भरी वाडी पहिरोले घरवार विहिन भएका,आफन्तले ज्यान गुमाएर असाय बनेका नागरिकको पक्षमा यो विकास प्राधिकरण विधेयकले केही काम गर्न सक्दैन ।’

कर्मचारीतन्त्रको मिलिभगतमा देश भ्रष्टाचारले ख्रोक्रो बनाएको तर्फ सरकारले ध्यान नदिएर नयाँ नयाँ संरचना र अवधारणा ल्याएर समय र राज्य धुकुटीको दूरुपयोगमा सरकार तल्लीन भएको कटाक्ष गर्नुभयो ।

जनजीवन सामान्य बनाउन माहामारी कसरी नियन्त्रण गर्ने? बेरोजगार युवाहरुको ब्यवस्थापन कसरी गर्ने? यी आजका प्रमुख कार्यभार हुन् भन्दै उहाँले ‘काम कुरो यका तिर कुम्लो बोकी ठीमि तिर”भने झै बेमौसमको बाजा नबजाउन सरकारलाई सुझाव दिनुभयो ।

उहाँले प्राधिकरण कार्यकर्ता पाल्न गठन गर्न खोजिएको हो कि भन्ने आशंका गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार