प्रदेश सरकारले “मनका लड्डु घ्यूसित” खाईरहेकोछ : सांसद जिसी

बुटवल, असार २९ । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद तारा जिसीले देशमै अब्बल भएको दावा गर्ने लुम्बीनी प्रदेश सरकारले यथार्थमा होइन “मनका लड्डु घ्यूसित” खाईरहेको कटाक्ष गर्नुभएको छ । जिसीले आर्थिक वर्ष ०७८–७९को विनियोजित बजेट आधारहिन र कल्पनामा सिमित रहेको बताउनु भएको थियो ।

“यो बजेटले कुल ग्राहस्थ उत्पादन दर ७.४ बाट ९.५ पुराउने, प्रतिब्यक्ति आय ८०० अमेरिकी डलरबाट १६००मा पुराउने उल्लेख गरिएको छ, तर यसको आधार के हो ? कुनै ठोस योजना छैन ।” जिसीले भन्नु भयो– “महामारीले देशको राष्ट्रिय अर्थतन्त्र थिलोथिलो परेको वेला यसलाई कसरी पुन ः स्थापना गर्ने तिर होइन, माहामारीको तेश्रो लहर देशमा प्रवेश गरिसकेकोछ । यसको नियन्त्रण गरेर जनताको जीवनको रक्षा कसरी गर्ने त्यसतर्फ पनि सरकारको मुख्य जोड छैन ।”

“हुने विरुवाको चिल्लोपात नहुने विरुवा…”को प्रदेश सरकार सित तुलना गर्दै लुम्बिनी प्रदेश सरकारको सत्तालिप्सा,चौरासी तिकडम गरेर बनेको सरकार अहिले पनि अल्पमतमा रहेको अवैधानिक,अनैतिक सरकारहो भन्दै यस्तो सरकारबाट हामीले जस्तो आशा गरेका थियौ त्यस्तै बजेट आएको औंल्याउनुभयो ।

जसरी सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद र सत्ताधारीहरुलाइ घरको न घाटको बनायो यहाँ सत्ता टिकाउन गरिएको तिकडम देख्दा केन्द्रको यो हविगत कतै यतैको सल्लाह,आविश्कार वा गुरुयोजना त होइन? शंका गर्ने ठाउँ रहेको बताउनुभयो ।

बजेटको छलफलमा भाग लिदै राजमो सांसद जिसीले माहामारीको संकमणमा परि ज्यान गुमाउनु हुने र वाढी पहिरोबाट जीवन गुमाउनु भएका मृतकहरुप्रति राष्ट्रिय जनमोर्चाको तर्फबाट हार्दिक श्रदान्जली प्रकट गर्दै उपचारार्थ सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार