प्रधानमन्त्री मोदीद्वारा जनतालाई व्टिट

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस बारे व्टिटर मार्फत आम जनतालाई आव्हान गर्दै– “तपाई जुन ठाउँमा हुुनुहुन्छ, कृपया केही दिनका लागि सोही स्थानमा रहनु होला । यसो गर्नाले हामीले यो बीमारीलाई फैलिनबाट रोक्न सक्नेछौं” भनेका छन् ।
“रेलवे स्टेशनहरु, बस अड्डाहरुमा भीड लगाएर हामले आफ्नो स्वास्थ्यको खेलवाड गरेका छौं । कृपया आफ्ना परिवारको चिंता गरौं” प्रधानमन्त्री मोदीले व्टिट गरेका छन् ।
प्रधानमन्त्री मोदीले लेखेका छन्– “आवश्यक छैन भने, घरबाट बाहिर ननिस्कनु होला । कोरोनाको भयबाट मेरा धेरै भाई बहिनीहरु जहाँ रोजी रोटी कमाउँछन्, ति शहरहरु छोडेर आफ्नो गाउँ तर्फ फर्किरहेका छन् । भिडभाडमा यात्रा गर्नाले यो रोग फैलिने खतरा बढ्छ । तपाई जहाँ जाँदै हुनुहुन्छ, त्यहाँका मानिसहरुका लागि पनि यो रोग खतरा बन्ने छ । तपाई जुन ठाउँमा हुुनुहुन्छ, कृपया केही दिनका लागि सोही स्थानमा रहनु होला । यसो गर्नाले हामीले यो बीमारीलाई फैलिनबाट रोक्न सक्नेछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार