प्रवासमा सामाजिक संगठन र हाम्रो आबस्यकता

पुना, १६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम क्षेत्रीय समिति अन्तर्गत पुना नगर समितिद्वारा सञ्चालित बिमान नगर एरिया समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य गोविन्द थापा र क्षेत्रीय सदस्य केशव गाहाको बिशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन समितिका सचिव लक्ष्मण बिकले र अध्यक्षता कृष्ण अधिकारीले गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा केशब गाहाले सम्पूर्ण प्रशिक्षार्थीलाई समाजको सदस्यता प्रदान गर्नुका साथै समाजको बिधान बितरण गरी बिधानको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले समाजको ईतिहास, समाजको आबस्यकता, समाजको मूल उधेश्य, समाजको कार्यप्रणाली, समाजमा अनुशासनको महत्वको बारेमा प्रशिक्षण दिनु भएको थियो । साथै नेपालमा भैरहेका राजनीतिक गतिविधिहरु र एमसीसीको बिरोधमा सम्पूर्ण देशभक्त शक्तिहरु एक हुन समेत थापाले अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार