प्रवासी संघ परित्याग गरि मूल प्रवाहमा प्रवेशसंगै नगर समिति पुनर्गठन

वापी । २९ अक्टुबरका दिन करिब ९० जना नेता कार्यकर्ताहरुले प्रवासी नेपाली संघ भारत परित्याग गरि मूल प्रवाहमा प्रवेश गरेसँगै आज आइतबार वापी पश्चिम नगर समिति पुनर्गठन गरिएको छ ।

शोषित पिडीत नेपालीको पक्षमा काम गर्ने सवालमा नै गम्भिर समस्या देखिएको भन्दै प्रवासी नेपाली संघ, भारत गुजरात–महाराष्ट्र संयुक्त राज्य समितिका सदस्य कृष्ण कुँवरको नेतृत्वमा राज्य समितिका सदस्यहरु हरि काउँछा, निखिल रावत, विनिता काउछा, देवेन्द्र रावल, देवराज जोशीले संयुक्त राजीनामा दिनुभएको थियो ।

वहाँहरुलाई आज आइतबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सदस्य रमकला काउछा, क्षेत्रीय सहसचिव प्रविण काउछाले मूल प्रवाहमा विधिवत रुपमा प्रवेश गराउनु भएको छ । वहाँहरुको प्रवेशसँगै वापी पश्चिम नगर समितिको भेला सम्पन्न पारिएको छ ।

निखिल रावतको सञ्चालन, कृष्ण कुँवरको अध्यक्षता र देवेन्द्र रावलको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, क्षेत्रीय अध्यक्ष वेदबहादुर काकी, केन्द्रीय सदस्य रमकला काउछा, क्षेत्रीय सहसचिव प्रविण सिंह काउछा, क्षेत्रीय सदस्य बाबुराम दहित, दमन नगर समितिका अध्यक्ष शेर बहादुर विक, वापी पूर्व नगर समितिका सचिव गन बहादुर राना लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

भेलामा प्रमुख अतिथिको आसनबाट गोविन्द बहादुर थापाले मन्तव्य दिनुभएको थियो । मूल प्रवाहले शोषित पिडीतहरुको पक्षमा गर्दै आएको संघर्ष र नेपालमा हुने विभिन्न प्रकार जनसरोकारसँग जोडिएका आन्दोलनहरुमा खेलेको भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो ।

“एकता समाजको स्थापना नेपालीहरुका बीचमा सामाजिक भावनाको विकाशका गरिएको हो ।” थापाले भन्नु भयो– “यहाँ कसैलाई पूर्व र पश्चिमको नजरियाले हरिदैन । केवल नेपालीको हैसियतले हरिन्छ ।” कसैले क्षेत्रीयता वा भेगिय आधारमा चर्चा गरेर आफ्नो स्वार्थपूर्तिका लागि राजनीति गर्दछ भने पनि संगठनले त्यसप्रकारका कृयाकलापको भण्डाफोर गर्दै आएको समेत थापाको थप भनाई थियो । थापाले नव आगन्तुक साथीहरुलाई स्वागत गर्नुभएको थियो ।

नयाँ समितिको घोषणा क्षेत्रीय अध्यक्ष वेदबहादुर काकीले गर्नुभएको थियो । भेलाले निखिल रावतको अध्यक्षतामा १७ पुर्ण ४ बैकल्पिक ४ सल्लाकार सहित २५ सदस्यीय नगर समिति चयन गरिएको छ ।  जसमाः उपाध्यक्ष– देबेन्द्र रावल, सचिव– हरि काउछा, सहसचिव– दामोदर बटला र कोषाध्यक्ष– विना काउछा रहनुभएको छ । त्यस्तै सदस्यमाः मोहन ठकुल्ला, रिम राना, जित ठकुल्ला, भोज केसी, तेजेन्द्र चलाउने, टंक कुँवर, भुपाल कुँवर, देवकृष्ण परियार, पुष्करनाथ योगी, वैकल्पिक सदस्यमाः शेर बहादुर कुँवर, आरसी ठकुरी, मान बहादुर रावल र दिनेश खड्का रहनुभएको छ । भेलाले टेक बहादुर खड्का, सञ्जय आहुजी, नारायण खड्का, केशर खड्का, प्रविण काउछा र कृष्ण कुँवरलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार