प्रशिक्षण कार्यक्रम सम्पन्न

मध्य हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य हैदराबाद नगर समिति द्वारा संचालित कुसाइगुडा एरिया समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हिरा पौडेलको अध्यक्षता सोम बहादुर आले मगरको सञ्चालन कार्यक्रममा थम्मन बस्नेत, राजु दुलाल र कुमार थापाले प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी सोही नगर समिति द्वारा सञ्चालित सेकेन्दराबाद ए एरियाले एक दिने प्रशिक्षन कार्यक्रम सम्पन्न पारेको छ । उक्त कार्यक्रमको अध्यक्षता नारायण ढकाल, सञ्चालन गंगा सापकोटा र स्वागत गंगा कडायतले गर्नु भएको थियो । प्रशिक्षण रामकुमार क्षेत्रीले भारतमा मूल प्रवाहको आबश्यकता र कार्यकर्ताहरुको निर्माण र दायित्व बारे, थम्मन बस्नेतले स्थानीय संगठन ब्यबस्थित कसरी पार्ने ? नारायण ढकालले प्रवासी नेपालीहरुलाई संगठनको आबश्यकता र मूल प्रवाहको परिचय, गोमा राना र सम्झना दुलालले महिलाहरुको समस्या र संगठनको आबश्यकता बारेमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी सेकेन्दराबाद बि एरियाको आयोजनामा प्रशिक्षण सम्पन्न भएको छ । सम्झना दुलालको अध्यक्षता, भुपाल परियारको सञ्चालन र चन्द्रा परियारको स्वागत मन्तव्यबाट अगाडि बढेको प्रशिक्षण कार्यक्रममा भारतमा मूल प्रवाहको आबस्यकता र कार्यकर्ताहरुको दायित्व बारे राम कुमार क्षेत्री, भारतमा समता समाज र जनजाति बिभागहरुको आबश्यकता बारे बिकास परियार, भारतमा महिला बिभागको आवश्यकता र अधिकार बारे गंगा कडायत, महिलाको अधिकार र संघर्ष बारे गोमा राना र सम्झना दुलालले प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै सैनिक पुरि एरियामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कृष्ण कुमारी बिकको अध्यक्षता, अनिल दुलालको सञ्चालन र प्रेम बिकको स्वागतबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा प्रवासी नेपालीहरुलाई संगठनको आबश्यकता र उनीहरुको अधिकार, राम कुमार क्षेत्री, समता समाजको आबश्यकता र अधिकार बारे बिकास परियार, मूल प्रवाहको परिचय र हामीहरुले गर्न पर्ने कार्यहरू बारे राजु दुलालले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार