प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न

कोटीप्रसाद पोख्रेल,

चेन्नई पुर्व, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पुर्व नगर समितिद्वारा सञ्चालित गोल्डन बिच एरिया समितिको प्रशिक्षण तथा एरिया समितिको तेस्रो भेला सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिका सदस्य तथा गोल्डन बिच एरिया समितिका अध्यक्ष दयाराम विकको अध्यक्षता गोल्डन बिच एरिया समितिका सदस्य तथा चेन्नई पुर्व नगर समितिका उपाध्यक्ष श्री ओमकान्त शर्माको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिका सचिब कोटी प्रसाद पोख्रेलको प्रमुख अतिथी मूल प्रवाह अखिल भारतीनेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य कासिराम शर्मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिका सदस्य लक्ष्मण चालिसे टिका थापा सुर्य प्रसाद भुसाल, राम प्रसाद शर्मा र चेन्नई पुर्व नगर समिति महिला विभाग अध्यक्ष लक्ष्मी चालिसेको आसनगरण सहिदहरुप्रति एक मिनेट मौनधारण पछि उपस्थित जनमानसलाई गोपाल नेपालीले शब्दबाट स्वागत गर्नुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको घोषणा पत्र विधान र एकता समाजको भुमिका बारे नगर सचिव कोटी प्रसाद पोख्रेल र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र प्रवाशी नेपालीहरुको बिचको सम्बन्ध बारे नगर समितिका सदस्य लक्ष्मण चालिसेले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रम लगतै भेलाको कार्यक्रम अगाडि बढेको थियो । भेलाको उद्घाटन र उदघाटन भाषण प्रमुख अतिथी चेन्नई पुर्व नगर समितिका सचिव कोटी प्रसाद पोख्रेलले गर्नुभएको थियो ।

उहाँले उद्घाटन भाषणमा प्रवासी नेपालीहरूको समस्यासँग जुद्दने मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाज मात्रभएको हुँदा सम्पूर्ण प्रवाशी नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलबन्द हुन आवान गर्नु भएको थियो भने भेलाको शुभकामना दिनेमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य काशिराम शर्मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिका सदस्य लक्ष्मण चालिसे सुर्य प्रसाद भुसाल र चेन्नई पुर्व नगर समिति महिला बिभाग अध्यक्ष लक्ष्मी चालिसेले भेलाको शुभकामना दिनुभएको थियो ।

भेलाले ओमकान्त शर्माको अध्यक्षतामा ९ पुर्ण ४ बैकल्पिक र २ सल्लाहकार गरि १५ जना रहेको एरिया समिति गठन गरेको छ । जस्माः अध्यक्ष– ओमकान्त शर्मा, उपाध्यक्ष– सुनिल नेपाली, सचिव– गोपाल नेपाली, सह–सचिव– अनिता परिवार र कोषाध्यक्ष– दयाराम विक रहनुभएको थियो । त्यस्तै सदस्यमा : हरि प्रसाद जैसी, मिलन बिसुन्खे, सम्झना नेपाली, कुल्लुसिंह विक, बैकल्पिक सदस्यमा : चन्द्रकला विक, राजकुमार विक र क्षत्र पाठक र साई कुमारी विक रहनुभएको छ । त्यस्तै भेलाले किसन परियार र बिनोद थापा नेपालीलाई सल्लाहकार चएन गरेको छ ।

नवनिर्वाचित समितिलाई चेन्नई पुर्व नगर समितिका सहसचिव टिका थापा र नगर समितिका सदस्य रामप्रसाद शर्माले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार