प्रहरी हस्तक्षेप र गिरफ्तारी निन्दनीय : मूल प्रवाह

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सीमा अतिक्रमणका विरुद्ध राष्ट्रिय जनमोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीको निन्दा गरेको छ । अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा मे १२, २०२० का दिन जारी प्रेसवक्तव्यमा एकता समाजले हस्तक्षेप र गिरफ्तारीको निन्दा गरेको हो ।

वक्तव्यमा भारत सरकारले बेलायती साम्राज्यवादको नीतिलाई नै निरन्तरता दिएको बताउँदै नेपाल सरकारको त्यसप्रति सशक्त आवाज नउठाएकोले नै यो स्थिति आइपरेको बताइएको छ । कोरोना सङ्क्रमणका माझ पनि एकाएक राष्ट्रियतामाथि गम्भीर सङ्कट आइपरेकाले विरोध प्रदर्शन आवश्यक रहेको बताउँदै एकता समाजले यस्ता प्रदर्शनमा साथ दिन सबैलाई आग्रह गरेको छ ।

प्रेस वक्तव्य PDF मा

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/05/MP-Press-Statement-12-May-2020.pdf” title=”MP Press Statement 12 May 2020″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार