प्रेम सुवेदी र गिता सुबेदीलाई कोचिनबाट विदाई

धर्मराज शर्मा

कोच्चिन केरला, ३० मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा कोभिड १९ कोरोना भाईरसको जटिल समस्यालाई बावजुद भर्चुअल कार्यक्रमबाट नगर समितिका सदस्य प्रेम सुवेदी र महिला विभाग कि सदस्य श्रीमती गिता सुवेदीलाई बिदाई गरिएको छ ।

नगर समितिका उपाध्यक्ष बावुराम केसीको अध्यक्षतामा नगर सचिव जनक बिसिले सञ्चालन गर्नु भएको भर्चुअल कार्यक्रममा सचिव जनकराज पौडेल, केन्द्रीय समितिका सदस्य मदन शर्मा, कुलबहादुर थापा, चोवनाथ शर्मा, केन्द्रीय परिसद सदस्य चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य तथा कोट्टयाम नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्य तथा कोच्चिन नगर अध्यक्ष जुगराज राँहु मगर तिवनन्तपुरम नगर समितिका कोषाध्यक्ष घनश्याम पौडेल, कोच्चिन नगर समितिका सदस्य रिखेन्द्र बिसि, महिला नगर विभाग अध्यक्ष सरस्वती शर्मा, जनजाति बिभागका बालाराम राना लगायत अथितिहरुको आशनग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात समाजका जुगराज राहु मगरले शब्दबाट स्वागत गर्नुभएको थियो ।

स्वदेश विदाई गरिएका प्रेम सुवेदी र श्रीमती गिता सुबेदीलाई कार्यक्रमका अध्यक्ष बाबुराम केसी तथा उपलब्ध नगर कार्यकर्ताहरुले अबिर र दोसल्ला ओढाई सम्मानित गरेका थिए ।

सुवेदीले नगर समितिका विभिन्न स्थानमा रहि लामो समय सम्म संगठनलाई दिएको महत्वपुर्ण योगदानप्रति धन्यवाद र अगाडिका दिनहरु सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

मदन शर्मा, कुल बहादुर थापा, चोबनाथ शर्मा, चन्द्रकान्त शर्मा, जनकराज पौडेल, अध्यक्ष धर्मराज शर्मा, घनश्याम पौडेल, रिखेन्द्र बिसि, गणेश शर्मा, बालाराम राना मगर र सरस्वती शर्मा, जानकिदेबी बिसि, गिता सुवेदी, तारानाथ शर्मा, मेघराज बिसि, दुर्गा जिएम र जगत सारु मगर, कोट्टयाम महिला बिभागबाट बालिका देबि शर्मा, खुमा देबि शर्मा लगायतहरुले सु स्वास्थ्य दृर्घआयु तथा स्वदेश तर्फको यात्रा पुर्ण सफलताको शुभकामना दिनुभएको थियो ।

सुबेदी सन १९८८ मा रोजगारका लागि दक्षिण भारत पुग्नुभएको थियो । रोजगारीको खोजी कै दौरान ताक्कालिन अखिल भारत नेपाली एकता समाजमा आबद्ध भई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आउनु भएको थियो । गागिरबाट अवकाश पछि उहाँ देशमा पनि श्रमजिवी जनताको पक्षमा संगठित भई आन्दोलनमा लाग्ने प्रतिवद्धता व्यक्त गुर्नु भएको नगर सचिब जनक बिसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार