फूटपरस्तहरुको गतिविधिलाई निस्तेज पार्दै अघि बढेका छौं : थापा

अहमदावादको बटुवामा नगर समिति गठन

अहमदावाद, ८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अहमदावादको इन्डस्ट्रियल एरिया बटुवामा श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न गरि नगर समिति गठन गरिएको छ । भेलालाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले सम्बोधन गर्नुभएको थियो । थापाले भेलालाई सम्बोधन गर्दै मूल प्रवाहको सङ्गठनात्मक प्रणाली र अनुशासनको बारे नै अस्पष्ट नीति अपनाउने र भारतस्थित श्रमजीवीहरुलाई भ्रमित पार्दै हिंडेका अराजक तत्वहरुले संगठनमा फूटपार्ने कोशिस गरेता पनि उनीहरुको त्यो चाहना पुरा नहुने बताउनु भयो ।

“भारतका विभिन्न स्थानहरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा श्रमजिवी नेपालीहरुलाई संगठनका कार्यकर्ताहरु भारत व्यापी रुपमा संगठन विस्तार अभियानमा खटिएका छन् ।” थापाले भन्नु भयो– “जनवादी केन्द्रीयताको बारेमा समेत गैरमाक्र्सवादी–लेनिनवादी सोंचाई राख्ने कथित क्रान्तिकारीहरुको भ्रमलाई निस्तेज पार्दैछौं ।”

थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु नेता कार्यकर्ताहरु आधिवेहरीको रुपमा संगठन निर्माण अभियानमा खटिएको बताउनु भयो । “अराजक तथा अनुशासन विहिन गतिविधिमा संलग्न, संगठनको साधारण सदस्य समेत नरहेका व्यक्तिहरुले संगठनको नाम र झण्डाको समेत दुरुपयोग गर्नेहरुलाई नांगेझार पार्ने पनि पारिने थापाले बताउनु भयो ।” विभिन्न प्रकारले संगठनमाथि हमला गर्ने कोशिस गर्ने सम्पूर्ण तत्वहरुलाई परास्त गर्दै मूल प्रवाहका प्रतिवद्ध कार्यकर्ताहरुले पश्चिम भारताका कैयौं नयाँ–नयाँ स्थानहरुमा संगठन निर्माणमा कार्यमा खटिएको थापाले बताउनु भयो ।

मनोज लामाको सञ्चालन तथा लक्ष्मी सोनीको अध्यक्षता र राम बहादुर खड्काको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय समितिका सदस्य धमेन्द्र लामाले पनि आतित्थ्यता गर्नुभएको थियो । नरोडा एरिया समितिका दिलिप सोनी, अहमदावाद महिला विभागकी टिका सोनीले पनि शुभकामना दिनुभएको थियो ।

भेलाले लक्ष्क्षीराम सोनीको अध्यक्षतामा १२ पूर्ण, २ वैकल्पिक र १ सल्लाहकार गरि १५ सदस्यीय बटुवा नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– राम बहादुर खड्का, सचिव– मनोज लामा, सहसचिव– सुनिल सोनी र कोषाध्यक्ष– इन्द्र सोनी चयन हुनुभएको छ । त्यस्तै सदस्यमाः अतुल सोनी, अमर सोनी, गणेश सोनी, कमल बुढा, पूर्ण सोनी, इन्द्र बहादुर सोनी, गोविन्द महत, वैकल्पिक सदस्यमाः जगदिश सोनी र मान बहादुर गोर्खा रहनुभएको छ । भेलाले संजय सोनीलाई सल्लाहकार चयन गरेको छ ।
नयाँ समितिलाई क्षेत्रीय समितिका सदस्य धमेन्द्र लामाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार