फूटपरस्त गतिविधिलाई परास्त गर्दै बेंगलोरमा मूल प्रवाहको भेला भव्य रुपमा सम्पन्न

लोकेन्द्र पौडेल,

बेंगलोर, २९ अगस्त । संगठनको स्थापनाकालदेखि नै विभिन्न प्रकारका फुटप्रस्त गतिविधिमा संलग्न तत्वहरुले घोषित एवं अघोषित रुपमा हमला गर्ने गर्दै आएता पनि संगठनमा प्रतिवद्ध एवं जुझारु सदस्यहरुले परास्त गर्दै आएका छन् । वर्तमानमा देखिएका यसप्रकारका अराजक र फुटप्रस्त तत्वहरुलाई पनि परास्त गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निरन्तर अगाडि बढिरहेको छ ।

यसै बीच फूटपरस्त तत्वहरुको गतिविधि र भ्रमहरुलाई परास्त गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोर उत्तर र दक्षिण नगर समितिको १६औं सम्मेलन पछिको संयुक्त भेला सम्पन्न पारिएको छ ।

भेलाको उद्घाटन केन्द्रीय सचिव जनकराज पौडेलले गर्नुभएको थियो । पौडेलले उद्घाटन मन्तव्य दिंदै अराजक तथा फूटपरस्त तत्वहरुले संगठनको नीति तथा कार्यक्रमबाट भारतस्थित श्रमजिवीहरुलाई रोक्न खोज्दै नरोकीने बताउनु भयो । “यसै भेलालाई पनि उनीहरुले अफसफ पार्ने दुस्साहस गरेका थिए ।” पौडेलले भन्नु भयो– “बेंगलोरका जनतालाई हाम्रो यस भेलामा उपस्थित नहुन उर्दि जारिगरेका थिए, तर उनीहरुको त्यो जोडबल लागेन ।”

संगठन माथि विभिन्न अराजक तथा महत्वाकांक्षीहरुले बारम्बार हमला गर्दै आएता पनि त्यसप्रकारका गतिविधि लामो समयसम्म नटिक्ने, संधैभरि संगठनको नीति तथा कार्यक्रमको जित हुँदै आएकोछ वर्तमानको अवस्थालाई पनि परास्त गरिने धारणा राख्नुभएको थियो ।

तिलक के.सी.को अध्यक्षता र नरेश बहादुर विकको सञ्चालनबाट अगाडि बढेको भेला कार्यक्रममा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापा, केन्द्रीय सदस्य मदन शर्मा, केन्द्रीय सदस्य भगवती कुँवर, बालाकृष्ण गायक, केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मोहराज चालीसे, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मञ्जु परियार, दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष दशरथ विक, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य काशिराम शर्मा, गोविन्द शर्मा, महिला विभाग क्षेत्रीय सदस्य पार्वती विक, दक्षिण भारत क्षेत्रीय विद्यार्थी विभागका सचिव सन्तोष पहरी, पाण्डेचरी नगर समितिका उपाध्यक्ष नरबहादुर के.सी.को अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई रक्तिम विभागद्वारा कलाकारहरुले गित र संगितद्वारा स्वागत गर्नुभएको थियो भने बेङ्लोर दक्षिण नगर समितिका सदस्य भरत ओडले शब्दद्वारा स्वागत गर्नुभएको थियो । लोकेन्द्र पौडेल, मोहराज चालिसे, दशरथ विक, भगवती कुवँर, धरम पहारी, पार्वती विक, काशीराम शर्मा, गोविन्द शर्मा, नर बहादुर के.सी., चक्रबहादुर राउत, मान बहादुर विकले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

बेंगलोर उत्तर नगर समिति,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार सदस्य बालाकृष्ण गायकले १५ सदस्यीय मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्लोर उत्तर नगर समितिको घोषणा गर्नुभयो थियो । जसमा ः अध्यक्ष–धरम पहरी, उपाध्यक्ष– ओम बहादुर दाहाल, सचिव–तिलक केसी, सहसचिव– गगन परियार, कोषाध्यक्ष– सावित्रा थापा, सदस्यहरुमाः– चन्द्र बहादुर थापा, दुरा पहरी, सिता कुँवर, शान्ति परियार, चक्र राहुल, किशोर विक, वैकल्पिक सदस्य – हरिस शाही, एक स्थान रिक्त । त्यस्तै सल्लाहकारमा दुई स्थान रिक्त राखिएको छ ।

बेंगलोर दक्षिण नगर समिति,

दक्षिण नगर समितिको घोषणा केन्द्रीय सचिव जनकराज पौडेलले गर्नुभएको थियो । जसमाः अध्यक्ष– नरेश विक, उपाध्यक्ष– प्रमानन्द खडायत, सचिव– भरत ओड, सह–सचिव– दान बहादुर पहरी, कोषाध्यक्ष– रमेश विक, सदस्य– दशरथ विक, त्यस्तै सदस्यमाः पार्वती विक, मानबहादुर विक, बलराम विक, विरेन्द्र ओड, रमेश विक, नरेश विक, राम बहादुर विक, त्यस्तै बैकल्पिक सदस्यमाः नरेश विक, धर्मेन्द्र धामी, राजु विक र एक स्थान रिक्त रहेको छ । त्यस्तै सल्लाहकारमा ः जेनिस विक, सुनिता विक, मदन कोली र ३ स्थान रिक्त रहेको छ ।

त्यसैगरि सोही भेलाको दौरानमा दुबै नगर समिति अन्तर्गत रहनेगरि महिला विभाग, समता विभाग, खेलकुद विभाग, विद्यार्थी नगर समिति र साँस्कृतिक विभाग गठन गरिएको छ ।

बेंगलोर उत्तर महिला विभाग,

अध्यक्ष– शावित्री थापा, सचिव– शान्ती परियार, कोषाध्यक्ष– दुरा पहरी, सदस्यहरुमा : सिता कुँवर, कमला बोहरा केसी, देवि कुवँर, नन्दा देवी विक, जनकी कुवँर र ज्योती पहरी रहनुभएको छ ।

बेंगलोर दक्षिण महिला विभाग,

अध्यक्ष– पार्वती विक, सचिव– चादनी विक, कोषाध्यक्ष– राजु देवि विक, त्यस्तै सदस्यहरुमाः उमा पन्थी, सुनिता विक, गिता विक, माया विक, कलावति विक, उषा विक, लक्ष्मी विक र विनिता चन्द रहनुभएको छ ।

बेंगलोर उत्तर विद्यार्थी नगर समिति,

अध्यक्ष –विजय कुमार पहरी, सचिव– जानकी कुवँर, कोषाध्यक्ष– अटल थापा, त्यस्तै सदस्यहरुमाः विजय थापा, ज्योती पहरी, सन्तोष पहरी, एक स्थान रिक्त रहेको छ ।

बेंगलोर दक्षिण नगर विद्यार्थी नगर समिति,

अध्यक्ष– ज्योती विक, सचिव– दयामती विक, कोषाध्यक्ष– सुरज विक, त्यस्तै सदस्यहरुमा : सुनिल विक, रोहित विक, उपेन्द्र धामी, मोहन विक, सन्तोष विक र सुनिल विक रहनुभएको छ ।

बेंगलोर दक्षिण समता विभाग,

संयोजक– बलराम वि, त्यस्तै सदस्यहरुमा : दशरथ विक, रमेश विक, भरत ओड, केशव विक, सुरेश विक र गोपाल विक रहनुभएको छ ।

बेंगलोर दक्षिण खेलकुद विभाग,

संयोजक– भरत ओड, त्यस्तै सदस्यहरुमा : अमर पार्कि, रमेश विक (बि), रमेश विक, सुवास विक
विरेन्द्र ओड र एक स्थान रिक्त रहेको छ ।

बेंलोर दक्षिण नगर साँस्कृतिक विभाग,

संयोजक– दान बहादुर पहरी, त्यस्तै सदस्यहरुमा : ज्योती विक, सुभास विक, दयामन्ती विक, पार्वती विक, सुनिल विक, जलजला विक, विरेन्द्र ओड र एक स्थान रिक्त रहेको छ ।

नयाँ समिति तथा विभागहरुलाई मूल प्रवाह केन्द्रीय प्रतिनिधी चन्द्रकान्त शर्मा, रा.ज.मो. केन्द्रीय सदस्य मन्जु परियार, मूल प्रवाह केन्द्रीय सदस्य मदन शर्मा, केन्द्रीय कोषाध्यक्ष के.बी. थापा लगायतले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । उक्त कार्यक्रममा सहभागी सम्पूर्णलाई रमेश विकले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार