फेरी देश लुछिएको छ

हेम बिजी 

भोक भोकै
प्यास प्यासै
वीर गोर्खालीहरु
नालापानीमा युद्ध लडेर
देश बचाएको
त्यो वीर ईतिहासको संझनामा
ति वीर वीरंनाको स्मृतिमा
जब देशले
नालापानी दिवस मनाउदै थियो
दिवसकै दिन
फेरी देश लुछिएको छ

हो
फेरी देश लुछिए छ
देश स“गै
लिम्पियाधुरा लुछिएको छ
लिम्पियाधुरा स“गै
लिपुलेक लुछिएको छ
लिपुलेक स“गै कालापानी लुछिएको छ
एउटा लुछाहा देश
जसले
आफ्नो देशको चित्र भित्र
मेरो देशको भूमि
लुछेर मिसाएको छ

तर पनि
वीर गोर्खाली नेपाली
वीर गोर्खा देश नेपाल
कसैले
देश लुछ्न खोज्दैमा
कहा“ लुछिन्छ देश
कहा“ लुछेको रहेर बस्छ वीर नेपाली
देश त
रगत बगाएर देश फर्काउछ

त्यसैले
नालापानीमा युद्ध लडेर देश बचाएको
पुरानो ईतिहास होईन
कालापानीमा युद्ध लडेर
देश बचाएको
नया“ वीर ईतिहासको संझनामा
नया“ वीर वीरंनाको स्मृतिमा
अब देशले
कालापानी दिवस मनाउछ
यसरी
फेरी देश लुछिएको छ
हाम्रा सन्ततीले कहिल्यै सुन्न नपरोस्
हाम्रा सन्ततीले कहिल्यै भन्न नपरोस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार