फोर्स दूर्घटनामा ३ जनाले ज्यान मुमाए, १५ घाइते

दैलेख । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासनजिकै भएको दुर्घटनामा परी मृत्यु भएका र घाइतेको पहिचान खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई ओमप्रकाश कुर्मीले बताएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । असई कुर्मीका अनुसार ३ जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी वीरेन्द्रनगर–३ तातोपानीका ५७ वर्षीय थीरबहादुर सुनार, दैलेख घरभई हाल बर्दिया मधुवन नगरपालिका–६ सानोश्रीका २९ वर्षीय नामबहादुर बडुवाल र उनकी श्रीमती कमला बडुवाल रहेकोे मृत्यु भएको छ ।

घाइते हुनेमा वीरेन्द्रनगर–८ खजुरा बस्ने मंगली गुरुङ, सोही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका– १० का लक्ष्मी योगी, अविशेषक योगी, वीरेन्द्रनगर–३ तातापानी बस्ने मोहन परियार, झुमा परियार, चन्द्र परियार, भीम परियार, वीरेन्द्रनगर–११ सुब्बाकुनाका देवीप्रसाद भट्टराई र धुलियाबिटका चन्द्रकली सिङ्गौली रहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताए ।

यस्तै, घाइते हुनेमा बाँके नौबस्ताका कर्णबहादुर बोगटी, लक्ष्मी बोगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का लक्ष्मी रावत र नारायण नगरपालिका–४ का दिलबहादुर कटुवाल रहेको प्रहरी प्रमुख ओलीले बताए ।

‘गाडी सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको थियो,’ उनले भने, ‘दुर्घटनालगत्तै चालक फरार छन् ।’ घाइतेको उपचार सुर्खेतस्थित प्रदेश अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार