‘बाँझोबारी मै फुटाउँछु’

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ग्रामीण विकास र कृषिलाई उच्च प्राथमिकतामा राखेर तयार पारेको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा ‘मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु’नारालाई अघि सारेको छ ।

जता पुगेको भए पनि गाउँको मायाले सबैलाई गाउँमै तान्दो रहेछ भन्ने स्पष्ट देखिएको भन्दै मन्त्री ढुङ्गेलले गाउँ फर्किएकालाई लक्षित गर्दै नारा अघि सारेको बताए ।

सरकारले अघिका आर्थिक वर्षमा दिँदै आएको कृषि अनुदान अब नदिने भएको सिद्धान्तमा परेको छ । प्रदेश सरकारको लगानीको रुपमा कृषिलाई सहयोग गर्ने नीति लिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संसदलाई जानकारी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्थालाई सहकार्यबाट युवालाई कृषिमा जोड्न आवश्यक पहल गरिने बताइएको छ ।

काठमाडौं वरिपरि पशुपालनलाई जोड दिने गरि आवश्यक बजेटको तयारी गरिएको मन्त्री ढुंगेलले संसदमा जानकारी दिए । यस्तै प्रदेश सरकारले विद्युत खपतलाई बढाउँदै रोजगारी मुलक सुचना र सञ्चारलाई प्राथमिकता दिएको बताएको छ ।

सिद्धान्त र प्राथमिकताको पहिलो नम्बरमा प्रदेश सरकारले आफ्नो भौतिक निर्माणमा प्राथमिकता दिएको छ । असहज रुपमा बसिरहेको प्रदेशसभा भवनलगायत आवश्यक भौतिक निर्माणमा प्राथमिकता दिएको मन्त्री ढुंगेलले बताए ।

श्रोतः अनलाईन खबर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार