बाइक दूर्घटनामा परि दुःख निधन

कोयम्बटोर । प्युठान माण्डवी गाउँपालीका निवासी प्रेम बहदुर थापाका २३ बर्षिय छोरा राम बहदुर थापाको यहि १९ जुलाई २०२० को बेलुका करिब ७ः३० बजे तामिनाडुको कोयम्बतुरमा निधन भएको छ ।

उनी Hotel Siruvanijarai Family Restaurant, Coimbatore मा कार्यरत थिए । उनको पालघाट बाईपास रोडमा मोटर साइकल दुर्घटना परि निधन भएको बताइएको छ ।

उक्त घटनाको जानकरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नगर उपाध्यक्ष रेशम थापालाई प्राप्त भएपछि तुरुन्त रेशम थापा, सचिब चन्द्र प्रसाद पौडेल, सहसचिब राम बहादुर शेन, केन्द्रीय परिषद सदस्य रबिशंकर शर्मा, टाउन हल एरिया समितिका दुर्गा बहदुर हमाल, मृतकका काका रोम बहादुर थापा र होटेल मालिक चन्द्रु लगायतको प्रतिनिधी मण्डलले मदुकरै पुलिस थानामा दुर्घटना घटाउने कार मालिक माथी एफआइआर दर्ज गरिएको थियो ।

मृतकको परिबारलाई तत्कालको लागि क्ष्यतिपुर्ती र राहातको लागि २१ जुलाईका दिन दुर्घटना घटाउने कार मालिक नागराजसँग संगठनको तर्फदेखि रेशम थापा, राम बहादुर शेन, लक्ष्मी प्रसाद शर्मा लगायतको टोलीले दाहसंस्कार लगायतका लागि ४० हजार दिलाइएको छ ।

कोयम्बतुर सरकारी अस्पतालमा पोस्टमार्टम पश्चात् मृर्तक राम बहादुर थापाको अन्तिम दाहसंस्कार २१ जुलाई कै दिन बेलुका गरिएको थियो । केन्द्रीय परिषद सदस्य रबिशंकर शर्मा, चन्द्रु, मृतकका परिवार सहितको उपस्थिती एवं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पलहमा क्षेतीपुर्तिका लागि अदालतमा केश दायर गर्न तयारीमा आफूहरु रहेको नगर समितिका सचिव चन्दप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार