बागलुङका युवा जापानमा मृत फेला

मेघराज रिस्मेली, जापान ।

जापानको टोकियो स्थित एक होटलमा बागलुङ, गल्कोटका एक युवा मृत अबस्थामा फेला परेका छन् । राजन बुढाथोकी नाम भएका ती युवा बुधबार (२३ तारिख)का दिन होटलको रुममा मृत अबस्थामा भेटिएका हुन् ।

उनी एक दिनअघि २२ तारिख राति सो होटलमा बास बस्न गएका थिए ।

उनले आफैँ सुसाइड गरेको जापान प्रहरीले अनुमान गरेको गल्कोट समाज जापानका महासचिब नविन न्यूउरेले बताउनुभयो ।

बुढाथोकीले केही समय पहिले श्रीमतीलाई नेपाल पठाएका थिए । उनी अहिले बस्दै आएको कोठामा केही दिनदेखि नगएको बुझिएको छ ।

अहिले उनको शब प्रहरीले राखेको छ भने उनका आफन्त प्रहरीको सम्पर्कमा पुगेका छन् । प्रहरीले घटनाबारे छानविन गरिरहेको र अनुसन्धान पछि थप जानकारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार