बादलसहित ७ मन्त्रीको नियुक्ति बदर

जेठ ६, काठमाडौं । ओली सरकारले नियुक्त गरेका सात जना मन्त्रीहरू सर्वोच्च अदालतको ताजा फैसलानुसार बदर भएका छन् । सात जना मन्त्रीको नियुक्तिको विरुद्ध परेको रिटमा बदर आदेशसँगै उनीहरूको मन्त्रीपद बदर भएको छ ।

नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए ।

सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार