बिद्रोहको परिभाषा के हो, कोसँग र केको लागि गर्ने ?

सुरेशकुमार पाण्डे

हिँजो आज धेरै साथिहरुका लेखहरुमा “बिद्रोह पनि गर्न सक्नु पर्छ’ भन्ने फेला पर्छन् । प्रथम : बिद्रोह के हो ? त्यो कति बेला र कुन परिस्थितिमा कोसँग गर्ने भन्नेबारे हामीले बुझ्न पर्छ की ? बिद्रोह का. माओले भनेनुसार “आबस्याकता परे हेडक्वाटरमा बम पनि बर्साउ” हो कि ? लेनेनले मैन्शेबिकका बिरुद्धमा गरेको सैद्धान्तिक संर्घष हो ? वा जार, मूसोलिन र हिटलरको खिलाफ जनताले गरेको बिद्रोह हो ? राजा र राणाहरुको बिरुद्धमा नेपाली जनताले गरेको जस्तो बिद्रो जस्तै आदि यसबारेमा भने खासै प्रष्टसँग भन्न सकेका छैनन् । मित्रहरुले गर्ने बिद्रोह केका लागि र कोसँग गर्ने बिद्रोह हो त्यो आगामि लेख रचनाहरुमा खुलाएर प्रष्टसँग लेख्न नभुल्नुहोला ।

पार्टी संगठनमा बिधान हुन्छ, नियम हुन्छ भन्नेकुरा यहाँहरुले अबस्य पनि बुझ्नु भएको होला । वास्तबिक अर्थमा संगठनले संगठनको नियम बिपरित गएपछि त्यसको आलोचना गर्छ, चेतवानी दिन्छ अनि आबस्याक परेमा कार्वाही पनि गर्छ । पार्टीको एउटा सियो पनि हिनाबिना गर्छ भने त्यो कारबाहीको घेरामा आउँछ । अनि पार्टीको सम्पत्ति भन्दा बित्तिकै धन पैसालाई मात्रै लिनु हुँदैन । पार्टी संगठनको सम्पत्ति भनेपछि पार्टीको नीति सिद्धान्त, अनुसाशन आदि पनि आउँछन् । पार्टीको सम्पत्तिलाई पार्टीले जस्तो चाहान्छ, त्यही रुपमा प्रयोग गर्ने पार्टीको अधिकार हुन्छ । बिगतका दिनहरुमा गिरधारीलाल न्यौंपाने संगठनबाट जाँदा “मूलप्रवाह पत्रिका” जो संगठनको बुलेटिन थियो । त्यो उनको नाममा दर्ता भएकोले उनले त्यसको दाबा गरे अनि संगठनलाई फिर्ता दिएनन् ।

त्यसबारे साथिहरुको राए त्यो बेला उहाँहरुले दिएको प्रतिकृया थियो पार्टीको सम्पत्तिलाई गिरधारीलालले लगे हिनामिना गरे त्यो गलत गरे । अहिले “हाँक”को बारेमा गोबिन्द सिंह थापा ज्यूले आफ्नो दावा गर्नुभयो, पार्टीलाई दिन मान्नु भएन । अब त्यसलाई के भन्ने ? त्यो पार्टीको सम्पत्ति होईन ? पार्टीले आफ्नो सम्पत्तिलाई पार्टीको हो भनेर भन्नै नपाउँने ? के हिंजो गिरधारीलाल जीले “मूल प्रवाह” पत्रिका लग्दा गलत, आज “हाँक” गोबिन्दसिंह थापा जीले लग्दा ठिक भन्न पर्ने हो की ? गोबिन्द सिंह थापा जी हाम्रो संगठनको संस्थापक सभापति भएको नाताले उहाँसँग हाम्रो मैत्रिपुर्ण सम्बन्ध छ । हामीले उहाँलाई कारवाही भएपछि साहनुभुति प्रकट गर्नु सामन्य कुरा हो । किनकी उहाँसँग हाम्रो लामो समयसम्म संगठनिक नाता रहँदै आएकोथियो, तर त्यो सम्बन्ध उहाँसँग कुन अबस्थासम्म रहन सक्छ वा राख्न सक्छौँ ? उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जसको स्वयं उहाँ पनि संस्थापक हुनुहुन्थ्यो त्यो घरलाई फोर्दा पनि हामीले सम्मान गरौँला ? त्यो उहाँहरुको भुल हो । कसैले पनि आफु बसेको घरलाई ढाल्ने ब्यक्तिलाई सम्मान गर्दैन, गर्न सक्दैन भन्ने कुरा उहाँहरुले बुझ्नुपर्छ ।

ठिकैछ पार्टीको महाधिबेशन भन्दा पहिले थुप्रै मतभेद हुँदा हुन्, तर पार्टीको महाधिबेशन भएको पनि दुई बर्ष बितिसक्यो । के अँझै पनि मतभेद बाँकी छन् भने त उहाँहरु कम्युनिष्ट नै होइन । किन भने कम्युनिष्टहरुको सर्वोच्च अङ्ग त महाधिबेशन नै हो । त्यो टुङ्गिसके पछि पनि मेरो यो बिचार थ्यो, फलानाको त्यो बिचार थ्यो, भन्दै गीत गाउँदै हिँड्ने पनि कम्युनिष्ट हुन्छन् ? पक्कै पनि हुँदैनन् ।

आफ्नो बिचार लागु भैन भने पछि कुन बिचारसँग बिद्रोह गर्न खोज्नु भएको छ उहाँहरुले ? सैद्धान्तिक रुपमा बिद्रोहको अर्थ हुन्थ्यो महाधिबेशन कै बेलामा आफ्नो राजनीतिक लाईन फरक भएपछि र आफु बहुमतको बिचारमा असहमत भएपछि उतिबेला नै पार्टीबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउँनु हुन्थ्यो । त्यसलाई बिद्रोह भन्न मिल्थ्यो । अब दुई बर्ष पछि पार्टीको साधारण सदस्यबाट निस्काशित भएका मित्रहरुले बिद्रोह पनि गर्नु पर्छ भनेर कसलाई भन्नु भयो ? यो कुरा भने हजम भएन र यो छोटो लेखलाई लेख्ने जमर्को गरें । एउटा पार्टीमा एक भन्दा धेरै बिचार जन्मिन्छन्, पार्टीको नीति बहुमतको निर्णयलाई कार्यन्वयन गर्ने हुनुपर्छ वा हुन्छ । त्यो नमानेर बिद्रोह गर्छु भनेको त हिँजो माओवादीहरुले भारतको खिलाफ सुरुङ खन्छौं भनेर वार्गेनिङ्ग गरेको जस्तो पो लाग्यो त ।

उहाँहरुले आज भारतमा भएको मूल प्रवाहलाई टुक्रापार्ने प्रयात्न गर्दै हुनुहुन्छ । त्यो हिँजोका दिनहरुमा माओवादीहरु (मध्यपंथी) समेतले “सखाफ अभियान” घोषणा गरेर गरेको प्रयास थियो । उनीहरु कता गए कुन्नि हामी यहीं छौँ । रह्यो केहि एकता समाजका साथीहरुको निराश हुने कुरा, त्यो एउटै परिवारमा पनि हुनेगर्छ । हाम्रो माझमा थुप्रै मतभेद होला तर पनि संगठन एकढिक्का छ भन्ने कुरा यहाँहरुले बुझ्नुपर्छ । संगठन कसैको प्याउटे होईन, संगठनका कार्यकर्ताहरु कसैका रैती होईनौँ ।

हामीले हिँजो आफ्नो रगत र पशिनाबाट सिंचेर बनाएको संगठनलाई कसैले तोड्ने जमर्को नगरे हुन्छ । साथीहरु सम्मानिय रहनुहोस् एकता समाजको दृष्टीबाट नखस्नुहोस्, यदि खस्नु भयोभने उठ्न गारो हुनेछ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अहिले पनि आफ्नो खुट्टाले उभिएको छ । जनताको मायाँ र ममतामा हुर्किएको साझा संगठनलाई कसैले पनि कम्जोर नसम्झिनु होला । हाम्रो संगठनले चौकिदारलाई संसद बनायो । हाम्रो संगठनले भारतस्थित श्रमजीवीहरुलाई सचेत नागरिक देशभक्त बनायो । हामी अहिले पनि समाज सेवाको काममा खटिएकै छौं । जसले जे भनेपनि संगठन अहिले पनि दरिलोछ, उर्जावान छ ।
०९ जुलाई २०२१,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार