बीर बहादुर रैकाललाई कोचिनद्वारा बिदाई

धर्मराज शर्मा

कोच्चिन, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले एक कार्यक्रमको आयोजना गरि वीरबहादुर रैकाललाई सदाको लागि स्वदेश बिदाई गरिएको छ ।

गोदावारी नगरपालिका ०१ बसन्तपुर अत्तरिया कैलाली निबासी लामो समयदेखि कोच्चिन नगर समितिमा काम गर्दै आउनुभएका रैकालाई अनलाइन भर्चुअल माध्यमद्वारा बिदाई कार्यक्रममा रिखेन्द्र विसीको अध्यक्षता र जनक बिसीको सञ्चालनबाट अगाडि बढेको बिदाई कार्यक्रममा नगरकि महिला बिभाग कि गीता सुवेदी, वरिष्ठ सदस्य प्रेम सुवेदी, तारानाथ शर्मा लगाएतको अतिथि आसनग्रहण पछि सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात कार्यक्रममा उपस्थित साथीहरुलाई तारानाथ शर्माले स्वागत गर्नुभएको थियो ।

एक असल इमानदार युवा नेतृत्वदायी भुमिका खेल्दै देश र जनताको जनतान्त्रिक आन्दोलनलाई हरपल योगदान र समर्थन पुर्याउनु हुनेछ भन्ने नगर समितिले बिश्वास गरेकोछ ।

कार्यक्रमलाई नगर उपाध्यक्ष बाबुराम केसी, महिला नेतृत्व गीता सुवेदी, जानकी विसी, सरस्वती शर्मा, नगर सदस्य शेर बहादुर बिक, प्रेम सुवेदी, दुर्गा जिएम, मेघराज बीसी, गणेश शर्मा, बालाराम राना मगर लगायतले रैकाले नगर छोड्दाको पीडा एकातिर हुँदाहुँदै पनि हाम्रो उद्देश्य भनेको स्वदेशमा नै केहि गर्ने हुनुपर्छ भन्ने भावनालाई उच्च मुल्यांकन गर्दै आफ्नो कार्यमा निरन्तर्ता दिनुहुनेछ भन्ने पुर्ण आशा र बिश्वासका साथ शुःभकामना मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार