बेंगलोर दक्षिण तथा उत्तरमा संघीयता विरुद्ध सभा सम्पन्न

धर्म पहरी,
बैंगलोर दक्षिण,

राष्ट्रिय जनमोर्चाले देश ब्यापी आयोजना गरेको संघीयता खारेज र कोरोना संक्रमण उपचारमा प्रभावकारी कदम चाल्न दवाव मूलक सहित विरोध कार्यक्रममा, ऐक्यबद्धता जनाउँदै दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोर दक्षिण नगर समितिले विरोध कार्यक्रम सम्पन्न पारेको छ ।

नगर अध्यक्ष किशन बहादुर बिकको अध्यक्षता र नगर सहसचिब सेर सिंह बिकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

क्षेत्रीय सहसचिब रामसिंह बिक, क्षेत्रीय सल्लाहकार सदस्य करन दयाल, विद्यार्थी क्षेत्रीय सल्लाहकार नविन दयाल, महिला बिभाग कि अध्यक्ष पार्वती बिक, साँस्कृतिक बिभागका सचिब गणेश राम बिकको अथिति आशन ग्रहण पछि शहिदहरुको संझनामा एक मिनेट मौनधारण र नगर उपाध्यक्ष सेर बहादुर दयालले शब्दद्वारा र कलाकारहरुले गितबाट स्वागत गर्नुभएको थियो ।

बेंगलोर उत्तर,

त्यसैगरि बेंगलोर उत्तर नगर समितिले पनि राष्ट्रिय जनमोर्चाले देश ब्यापी आयोजना गरेको संघीयता खारेज र कोरोना संक्रमण उपचारमा प्रभावकारी कदम चाल्न दवाव मूलक सहित विरोध कार्यक्रममा, ऐक्यबद्धता सभा सम्पन्न पारेको छ ।

नगर उपाध्यक्ष कृष्ण परियारको अध्यक्षता र नगर सचिव कृष्ण नेपालीको सञ्चालनबाट सुरू गरिएको थियो ।

केन्द्रीय सदस्य तथा क्षेत्रीय उपाध्यक्ष मदन भण्डारी क्षेत्रीय सदस्य देब बहादुर केसी र बिबि थापाले अतिथिआशन ग्रहण गर्नुभएको थियो । ज्ञात–अज्ञात शहिदप्रति एकमिनेट मौनधारणबाट शुरू भएको सो कार्यक्रमलाई नगर सदस्य करण वलीले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा महिला बिभागबाट सरस्वती केसी, प्रकाशन विभागबाट धर्मे पहरी, साँस्कृतिक विभागबाट दिलीप बिकले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार