ब्लड क्यान्सरसँग जुधिरहेका चार वर्षीय बालकको जीवन बचाइदिन आग्रह

खुम रायमाझी,

कुवेत । चार वर्षीय बालकलाई ब्लड क्यान्सर भएपछि उनको जीवन बचाइदिन आफन्तले आग्रह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ सानाडेभा घर भई आदर्श माध्यमिक विद्यालय खाँचिकोटमा कक्षा १ मा अध्यनरत बालक आयुष रायमाझीलाई ब्लड क्यान्सरसँग जुधिरहेका छन् ।

हाल उनको नयाँ दिल्लीको अल इन्डिया मेडिकल (एम्स) अस्पतालमा उपचार भइरहेको छ । बालकको उपचारका लागि ठूलो धनराशी लाग्ने तथा घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा बालकको जीवन रक्षाको लागि विभिन्न समाजसेवी व्यक्तिहरु मिलेर ‘आयुश बचाउँ अभियान’ सञ्चालन गरिएको छ ।

सहयोगका लागि नेपालमा सुरज रायमाझी (९८४७२८४७७७)र डिल्ली थापा (९८५७०६११३९) मा सम्पर्क गर्न आग्रह गरिएको छ । यस्तै, कुवेतमा खुम बहादुर रायमाझी (९७२२४९०८) र भारतमा कमल रायमाझी (९८२१२३७६४३) लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

बालकलाई सहयोग गर्न चाहने व्यक्तिहरुले एचडीएफसी बैंक खाता नं ५०१०००३४९८७६०७  र नेपालमा कृष्णकुमारी थापाको राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क बचत हि. नं.१३६०१र१३४ मा सहयोग जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार