भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन

काठमाडौं । भारतका पूर्वमन्त्री जसवन्त सिंहको निधन भएको छ । बीजेपीका संस्थापक सदस्य रहेका सिंह ८२ वर्षका थिए ।

राजस्थानको बाड़मेरबाट प्रतिनिधित्व गर्ने जसवन्त सिंहले वाजपेयी सरकारमा विदेश, रक्षा र अर्थ मन्त्रालय सम्हालेका थिए । उनी भारतीय सेनाकामेजर पनि भएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् । मोदीले ट्वीटमा जसवन्त सिंहलाई समाज र राजनीतिमा दिएको योगदानका लागि भारतीयले सधैँ सम्झने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार