भारतको हिसारमा रामबहादुर कुवंरको हत्या

खिमराज चालिसे,

चंडिगढ, ११ फरवरी । गुल्मीका एक जना नेपालीको हरियाणाको हिसारमा हत्या भएको समाचार प्राप्त भएको छ ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर ३ खिल्ली बडागाउँ पेगा घर भइ हाल भारतको हरियाणा राज्यको हिसार स्थित रेस्टोरेन्ट (चिकन हन्ट) मा कार्यरत नेत्र कु“वरका छोरा राम बहादुर कुवंरको रुपमा उनको परिचय खुलेको स्थानीय प्रशासनले बताएका छन् ।

उनको ९ फरवरीको रात्री निर्ममता पूर्वक हत्या गरिएको छानविनमा खटिएका पुलिस प्रशासनद्वारा बताइएको छ ।

१० फरवरीको विहानै उक्त घटनाबारे थाहा पाउने वित्तिकै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत र जनसम्पर्क समिति लगाएतका विभिन्न नेपाली संघ संस्थाहरुका कार्यकर्ताहरु घटनास्थल पुगी पुलीस प्रशाशनको सहभागितामा आवश्यक छानबिनमा खटिएका छन् ।

उनलाई संगै काम गर्ने साथी राकेश नामको व्यक्तिले हत्या गरि भागेको आशंका गरिएको छ । कतिपय प्रमाणहरुको आधारमा ११ फरवरीको पुलिस थानामा राकेश विरुद्ध हत्याको एफआइआर दर्ज गरिको छ ।
शवको पोस्टमार्टम गराई छोरा विक्रम कु“वर आफन्तहरु र नेपाली संघ संस्थाहरुका प्रतिनिधीहरुको उपस्थितिमा दाहसंस्कार समेत गरिएको छ ।

आरोपीलाई तुरुन्त गिरप्तार गरि कडा भन्दा कडा कार्वाहीको माग पनि हिसार स्थित नेपाली संघसंस्थाहरुले पुलीस प्रशाशनलाई दबाब दिइरहेको समाचार मूल प्रवाह हिसार नगर समितिका सचिव तारा सोमारेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार