भारतबाट बुङ्गलनगरपालिका मेयरलाई मजदुरको पत्र : हामीलाई उद्दार गरिदिनु

भारतमा रहेका बझाङको बुङ्गलका स्थानीयले मेयरलाई पत्र लेख्दै उद्दार गरिदिन आग्रह गरेका छन्। भारतको चन्डीगड लगायतका विभिन्न सहरमा ज्याला मजदुरी गर्दै आएका मजदुरहरुले नगरपालिकाका मेयरलाई पत्र पठाउँदै लकडाउनले समस्यामा परेकाले उद्दार गरिदिन आग्रह गरेका हुन् । उनीहरुले दिल्लीमा रहेको राजदुतावसमा सम्पर्क गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गर्दै उद्दारको माग गरेका छन् । मेयरलाई भारतमा रहेका बुङ्गलबासीले पठाएको पत्र ।

श्रीमान
नगर प्रमुख ज्यु,
बुङ्गल नगरपालिका,
बझाङ ।

विषयः भारतमा अलपत्र बुङ्गलबासीको उद्दारका लागि ।

महोदय,

भारत सरकारले तेस्रो चरणको लकडाउन घोषणा गरेसँगै नेपालका विभिन्न ठाउँबाट विभिन्न कामले भारतमा आएका नेपली नागरिकहरु अलपत्र परेको खबरका बारेमा तपाईले सार्वजनिक सञ्चार माध्यमबाट जानकारी पाएकै हुनुपर्दछ्र । हाम्रो बुङ्गलनगरपालिकामा स्थायी बसोबास भई चण्डीगड आसपासमाका क्षेत्रहरुमा अध्ययन, रोजगारी तथा सानोतिनो व्यवसायीहरु हाम्रो सम्पर्कमा आएका छन् । उहाँहरु मध्ये केहीलाई खान बस्न समेत समस्या परेको जानकारी आएको छ । दिल्लीस्थित नेपाली दुतावासमा सम्पर्क गर्दा केन्द्रको स्पष्ट निर्देशन नै नभएका कारण खासै व्यवस्था गर्न नसकिने हुँदा भारतले उपलब्ध गराईरहेको राहत लिन सुझाव दिने गर्नुभएको छ ।

भारत सरकारले उपलब्ध गराउने सहयोग पनि आवश्यक राशन कार्ड या आधार कार्ड नभएको अवस्थामा लिन सकिएको छैन् भने उपलब्ध गराउँदै आएको ‘लन्च र डिनर प्याक’ सबै नेपालीहरुलाई उपलब्ध हुन नसकेको त छदैछ यस्तो खाना तयार गरेर सप्लाई हुने हुँदा संक्रमणको भयले धेरै मानिस खाना खान डराएको अवस्था छ्र ।

यसरी सप्लाई हुने खाना तयार गर्ने भान्छामा काम गर्ने कामदारहरु नै कोरोना संक्रमित भएको पुष्टि भएपछी यो त्रास झन् बढेको छ । धेरै ठाउँमा स्थानीय प्रशासनले केही गर्न नसक्ने बताएको र आफ्नै सरकारलाई गुहार गर्न भनेको जानकारीमा आएको छ । कतिपय दुर्गम ठाउँहरुमा यो व्यवस्था नै उपलब्ध छैन् । केही शहरी क्षेत्रहरुमा राहत वितरण गरिरहेका संघसंस्थाहरु आफूसित उपलब्ध श्रोत सकिदै गएकोले अब धेरै दिन धान्न नसकिने अवस्थामा पुगेका छन् । जिम्मेवारी लिएको सरकार कानमा तेल हालेर बस्ने, सरकारको प्रतिनिधिको रुपमा भारतमा भूमिका खेल्नुपर्ने दुतावास निरिह देखिने अवस्थामा २÷४ वटा कल्याणकारी संगठनले जिम्मेवारी सम्हालेर काम नचल्ने अवस्था आएको छ्र ।

यस्तो अवस्थामा सम्बन्धित वार्डबाट सूचना लिई स्थानीय निकायले सहयोग गर्ने बाहेक अर्को कुनै उपाय प्रभावकारी हुनसक्ने अवस्था नभएका कारण हाम्रा बुङ्गलबासीहरुलाई उद्दार गर्न नगर प्रमुख लगायत सम्पूर्ण नगर कमिटिका सदस्यहरु तथा स्थानीय सरोकारवालाहरुलाई हार्दिक अपिल गर्न बाध्य भएका छौँ ।

नगर प्रमुख ज्यु,

यस्तो संकटको परिस्थतिमा मानवीयता देखाएर आवश्यक व्यवथा मिलाई सबै पिडित दाजुभाईहरुको उद्दार गर्न बिशेष अनुरोध गर्न चाहन्छु । हामी कहाँ सम्पर्कमा आएका बुङ्गलबासीहरुको तथ्यांक अर्को पत्रसँगै पठाइदिने छु भनि जानकारी समेत गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार