भारतबाट स्वदेश फर्किएकाहरुप्रति गरिएको विभेद खेद् जन्य : मूल प्रवाह

नयाँ दिल्ली । वैश्वीक महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोविड १९) ले सम्पूर्ण मानव जातिलाई नै त्रसित र भयभित पारेको परिवेशमा स्वदेश फर्किएका नेपालीहरु र स्वास्थ्य परिक्षण पछि संक्रमित भएकाहरुप्रति दया, स्नेह, सदभाव भन्दा पनि हेला र विभेद गरिएका घटनाहरुप्रति भारतस्थित नेपालीहरुको सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुःखद र खेद प्रकट गरेको छ ।

समाजका अध्यक्ष दुर्गा बहादुर केसीले २७ जुनका दिए एक वक्तव्य जारी गरि यसप्रकारका घटनाहरुप्रति खेद प्रकट गर्नुभएको हो । केसीले वक्तव्य मार्फत देश तथा विदेशमा कोरोना महामारीबाट निधन भएकाहरूप्रति हार्दिक श्रद्धान्जली एव संक्रमितहरूको सिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्नुभएको छ ।

कैयौं स्थानमा तेस्रो मुलुकबाट जाने व्यक्तीहरू र भारतबाट जाने व्यक्तीहरू सबैलाई एकै स्थानमा राखिएको छ, समदुरीको सिद्धान्तको पालाना नभएको र कैयौं व्यक्तीहरू आफ्नै खाली घरमा होम कोरेन्टाईनमा बस्न सक्ने वातावरण हुँदाहुँदै पनि कतिपय स्थानमा त्यसको अनुमति नदिएको कारणले सामुदायीक कोरेन्टाईनमा बस्न वाध्य छन् । केन्द्रीय नीति हुँदाहुँदै पनि स्थानीय निकाय एवं प्रशासनले त्यसतर्फ उचित ध्यान पु¥याउन नसकेको समेत केसीले वक्तव्यमा जनाउनु भएको छ ।

प्रस्तुत छ, प्रेस–वक्तव्यको पूर्ण पाठ :

“वैश्वीक महामारी कोरोना भाईरस (कोविड–१९) ले सम्पूर्ण मानव जगतलाई नै त्रसित बनाएको छ । विश्वमा सक्रमितहरूको संख्या झण्डै १ करोड पुग्न आटेको छ । दैनिक १ लाख ८० हजारको हाराहारीमा संक्रमितको संख्या बढिरहेको छ भने मृतकहरूको संख्या पनि ५ लाख पुग्न आँटेको छ, दैनिक ४ हजार भन्दा बढीको मृत्यु भईरहेको छ । नेपालमा पनि हालसम्म ११७५५ संक्रमित र २७ जनाको ज्यान गईसकेको छ भने २६९८ जना निको भई घर फर्किसकेका छन् । भारतका विभिन्न स्थाहरुमा पनि नेपालीहरु संक्रमित भएको र कतिपयले ज्यान गुमाएका छन् । हामी देश तथा विदेशमा कोरोना महामारीबाट निधन भएकाहरूप्रति हार्दिक श्रद्धान्जली एव संक्रमितहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

कोरोना भाईरसको कारणले विश्व कै अर्थतन्त्रमा एवं सामाजिक क्षेत्रमा निकै असर पारेको छ । होटल–रेस्टुरेन्ट एवं पर्यटन व्यवसायका साथै औद्योगिक क्षेत्रमा समेत प्रत्यक्ष असर परेको छ । करोडौं व्यक्तीहरूको रोजगार गुमेको छ । श्रमिकहरूको सामु भुखमरीको स्थिति देखिएकोले शहरबाट पलायन भएर गाउँघरमा पुगेका छन् । नेपाली श्रमिक पनि लाखौंको भारत लगायत तेस्रो मुलुकबाट नेपालमा पुगेका छन् र पुग्ने क्रम जारी छ । नेपालमा संक्रमित हुनेमा अधिकांस व्यक्तीहरू भारतबाट नेपाल भित्रीएकाहरूको छ । त्यसले गाउँघरमा भारतबाट भित्रिनेहरूप्रति नकारात्मक दृृष्टिकोण भेदभावको सिकार भएको समेत पाइएको छ । वेरोजगार भएर नेपाल फर्किनेहरूमा ठूलो संख्या भारतबाट पलाएन भएकाहरूको छ । यो अवस्थामा संक्रमितहरूको संख्यामा भारतबाट फर्किनेहरूको हुनु स्वभाविक नै हो । संक्रमितहरूप्रति दया, स्नेह, सदभाव भन्दा पनि हेला र विभेद गरिनु दुःखद र खेद जनक छ ।

हामीले सुरूदेखि नै भारतबाट नेपालीहरूलाई बैधानिक एवं व्यवस्थित रूपमा भित्राई चेकजाँच गरि आवश्यकता अनुसार आईसोलेन तथा कोरेन्टाईनको व्यवस्था गर्न माग गर्दै आएका थियौं । लामो समय पछि मात्र सरकारले औपचारिक निर्णय गरि भित्राउने काम ग¥यो, त्यस बेलासम्म ठूलो संख्यामा लुकीछिपी नेपाल प्रवेश गरिसकेका थिए । उनीहरू त्यसरी नेपाल प्रवेश गर्नु रहर थिएन, वाध्यता नै थियो । अहिले सरकारले व्यवस्थित रूपमा भित्राउने काम गरेको छ, त्यसलाई हामीले त्यसलाई स्वागत पनि गरिसकेका छौं, तर कोरेन्टाईन सेन्टरहरूबाट आएका रिर्पोटहरूले हामीलाई निराश तुल्याएको छ । कोरेन्टाईन सेन्टरमा आवश्यक मापदण्ड तथा सावधानीको अभावमा पनि संक्रमण बढेको हुन सक्छ । कैयौं स्थानमा तेस्रो मुलुकबाट जाने व्यक्तीहरू र भारतबाट जाने व्यक्तीहरू सबैलाई एकै स्थानमा राखिएको छ, समदुरीको सिद्धान्तको पालाना भएको छैन । कैयौं व्यक्तीहरू आफ्नै खाली घरमा होम कोरेन्टाईन बस्न सक्ने वातावरण हुँदाहुँदै पनि कतिपय स्थानमा त्यसको अनुमति नदिएको कारणले सामुदायीक कोरेन्टाईनमा बस्न वाध्य छन् । केन्द्रीय नीति हुँदाहुँदै पनि स्थानीय निकाय एवं प्रशासनले त्यसतर्फ उचित ध्यान पु¥याउन सकेको छैन । हामी स्थानीय निकाय एवं सरोकावालाहरू समक्ष उक्त विषयमा गम्भिर हुन अपिल गर्दछौं । साथै कोरेन्टाइन सेन्टरहरूको स्तरोउन्ती एवं समदुरीको मापदण्ड कडाई पुर्वक पालन गराउन माग गर्दछौं ।

अहिले भारत लगायत तेस्रो मुलुकबाट गएका नेपाली श्रमिकहरूलाई आफ्नै गाउँघरमा समेत अपराधी जस्तो बनाई हेलाको दृष्टीले व्यवहार गरिएका घटनाहरु आइरहेका छन् । कैयौं व्यक्तीहरूले समाजिक संजालमा त्यसप्रकारका टिका टिप्पणी गरेका छन् । त्यसले कस्तो असर पर्छ वास्तै छैन । सामाजिक संजालमा सम्पे्रषण गरेका सामग्रीले कसैको मानव अधिकार हनन् गर्नेदेखि लिएर भ्रम श्रृजना हुने गर्छ । त्यस प्रकारका भ्रमले कहीं कतै अपृय घटनाहरु घटन पनि सक्ने सम्भावनाहरुलाई पनि अस्वीकार गर्न सकिंदैन । भ्रम छर्ने विषयमा केही मिडीयाकर्मीहरू पनि पछि छैनन् । सत्यतथ्य एवं समाजमा पर्ने असरको परवाह नगरि सम्प्रेषण भएका समाग्रीहरूले विश्वका कैयौं देशहरुमा साम्प्रदायीक रूप लिई कैयौं दङगा समेत भएका घटनाहरूलाई हामीले भुल्न हुँदैन । त्यसैले यसप्रकारका गतिविधिहरुलाई रोक्न सरकार र सरकारको सम्बन्धित पक्षहरुले समय मै ध्यान पुराउनु पर्ने आवश्यकता छ । अतः हामी कुनै पनि विषय वस्तुहरूलाई सम्प्रेषण गर्नु पूर्व त्यसको प्रमाणिकता एवं त्यसले समाजमा पर्ने असरलाई गंभिरता पूर्वक लिन जोड दिन्छौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार