भारतमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गर : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले भारतका विभिन्न शहरमा नेपालीको विजोग भइरहेको भन्दै छिटो उद्धार गर्न सरकारसँग माग गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी भारतको उत्तराखण्डस्थित हल्द्वानीबाट १७ नेपालीलाई अपमानित ढंगले निकालिएको समाचारले आफूलाई गम्भीर बनाएको बताउनुभएको छ ।

यस्तै, कैलालीसँग सिमाना जोडिएको पलियाको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई पनि एक छाक मात्रै खाना दिइएको उल्लेख गर्दै यस्तो अवस्था भारतका विभिन्न स्थानमा रहेकोले तत्काल नेपालीलाई उद्धार गरी घर ल्याउन महामन्त्री सिंहले सरकारसँग आग्रह गर्नुभएको छ ।

हल्द्वानी र पलियाको घटनाबारे युगदर्शनले बुधबार भिडियोसहित समाचार प्रकाशित गरेको थियो ।

वक्तव्यको पूर्ण पाठ :

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/05/7-MAY.pdf” title=”7 MAY”]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार