भारतमा मृत्यु भएका पौड्यालको परिवारलाई मूल प्रवाहद्वारा उद्धार

खिमराज चालिसे, 

हिसार। भारतको हरियाणामा मृत्यु भएका अर्घाखाँचीको सितगंगा नगरपालिका सिमलपानी वाहुनिखर्कका ज्ञान प्रसाद पौडयालको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्वदेश पठाएको छ ।

अर्घाखाँचीका तेज प्रसाद पौडयालका छोरा ४५ वर्षीय ज्ञानप्रसादको हरियाणा राज्यस्थित हिसारमा १६ सेप्टेम्बरका दिन उपचारका क्रममा मृत्यु भएको थियो । उनी सो स्थाामा श्रीमती शारदा पौडयाल, दुई छोरी, एक छोरासहित बसोवास गर्दै आएका थिए ।

ज्ञान प्रसादलाई १५ सेप्टेम्वरको रात्री अस्वस्थताको कारण स्थानीय जिन्दल होस्पिटल लगिएको तर उनको स्थिति नाजुक देखेपछि हस्पिटलले साहारा होस्पिटल माडल टाउन हिसारमा रिफर गरेको थियो । १६ सेप्टेम्वरको ज्ञान प्रसाद पौडयालको हस्पिटलमा नै निधन भयो ।

उनी परिवारसहित वसेपनि आर्थिक स्थिति नाजुक भएको र दाहसंस्कार गर्न नसक्ने अवस्थाको जानकारी पछि मूल प्रवाह र प्रवासी संघका कार्यकर्ताहरुको संयुक्त पहलमा चन्दा संकलन गरि उनको दाहसंस्कार पनि गरिएको थियो ।

मृतकका परिवारलाई स्वदेश पठाउनको लागी मूल प्रवाह हिसार नगर समितीको पहल तथा आग्रहमा स्थानीय टुर एंड ट्रावल्सका राजु परियार उर्फ ढुंडीराजले नेपाल वर्डरसम्म निशुल्क सेवा दिने प्रतिवद्धता गर्नुभएको थियो ।

पछि मूल प्रवाह हिसारका सचिव तारा सोमारे र सिटि एरियाका अध्यक्ष केहरसिंह घर्तीमगरको उपस्थितीमा वाडरदेखि घरसम्म पठाउन केहि यात्रुहरुसँग समेत आर्थिक सहयोग संकलन गरि १८ सेप्टेम्वरको स्वदेश पठाइको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार