भारतमा होटल लगायत असंगठित क्षेत्रमा कार्यरत नेपालीहरुको उचित व्यवस्थापनका लागि मसालको जोड

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (मसाल)ले ओली सरकारको कार्यशैलीको कडा शब्दमा आलोचना गरेको छ । कोरोना भाइरसपछि भएका कतिपय स्वास्थ्य सम्बन्धी औषधी वा उपकरणहरूको खरिद गर्दा भएको अनियमितता वा भ्रष्टाचार सम्बन्धी कैयौँ तथ्यहरू बाहिर आउँदा पनि त्यसको पक्षपोषण गर्ने काम गरियो र अहिलेसम्म पनि तिनीहरूमाथि कारवाहीको लागि कुनै कदम चालिएको छैन भन्दै मसालले आलोचना गरेको हो । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले सोमबार वक्तव्य जारि गरि सरकारको कडा आलोचना गर्नुभएको छ । “भारतीय सीमा, राजधानी वा नेपालका विभिन्न स्थानहरूमा थुनिएर बसेका नेपालीहरूलाई आफ्नो गाउँघरमा पुर्याउने व्यवस्था गर्न अस्वीकार गरियो । त्यसको परिणाम स्वरूप ठूलो सङ्ख्यामा नेपालीहरूले धेरै नै कष्टको जीवन बिताउनु पर्ने अवस्था उत्पन्न भयो ।” वक्तव्यमा भनिएको छ– “त्यसका लागि पनि ओली सरकार नै जिम्मेवार छ । उनीहरूलाई कोरोना भाइरस सम्बन्धी स्वास्थ्य जाँच वा आवश्यकतानुसार क्बारेन्टाइनमा वा होम क्बारेनटाइनमा राख्ने गरी नेपालमा वा आफ्नो गाउँघरमा पुर्याउन सरकारले व्यवस्था गर्नु पर्दथ्यो । तर त्यसबारे सरकारले एकदम उपेक्षा र अमानवीय दृष्टिकोण अपनायो । त्यसका लागि हामीले ओली सरकारको कडा शब्दमा आलोचना गर्दछौँ ।”
त्यस्तै भारतस्थित होटल वा असङ्गठित क्षेत्रहरूमा काम गर्ने नेपाली कामदारहरूले भोग्नु परिरहेका समस्याहरूप्रति मसालले वक्तव्य मार्फत सरकारको विशेष ध्यान आकार्षित गराएको छ । “अहिलेको कोरोना भाइरस वा लकडाउनका कारणले उनीहरूका रोजगारी वा आम्दानीका स्रोतहरू समाप्त भएका छन् । उनीहरूलाई उनीहरूका मालिक वा त्यहाँका सरकारले समेत उनीहरूको खानपीन वा व्यवस्थामा जोड दिएका छ्रैनन ।” सिंहद्वारा वक्तव्यमा उल्लेख छ– “त्यसले गर्दा उनीहरूले गम्भीर प्रकारको भोकमरीको स्थितिको सामना गर्नु परिरहेको छ । उनीहरूको त्यो अवस्थाप्रति सरकारको विशेष ध्यान जानुपर्ने आवश्यकता छ र सरकारले त्यहाँको सरकार, प्रशासन, सम्बन्धित अधिकारीहरू वा नेपाली राजदुतावाससित सम्बन्ध कायम गरेर उनीहरूको खाने बस्ने व्यवस्था गर्नुपर्दछ वा त्यसो गर्न नसकेमा उनीहरूलाई नेपालमा ल्याएर आवश्यक राहतको व्यवस्था गर्नुपर्दछ ।”
लकडाउनकै अवस्थामा आइतबार बसेको भिडियो बैठकद्वारा राष्ट्रिय महत्वका विभिन्न १७ बुँदे निर्णय गरेको छ । बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरि निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।
नेकपा (मसाल) को भिडियो बैठकः यस्ता छन् १७ बुँदे निर्णय

[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/04/Statement-2077-1-14.pdf” title=”Statement 2077- 1-14″]

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार