भारतीय विदेश सचिवले भनेः नेपाल–भारतबीचको सम्बन्ध बिग्रिएको छैन

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारतबीच सम्बनध नबिग्रिएको बताएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा रहेका श्रृंगलाले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्धमा उतारचढाब आएपनि नविग्रेको बताएका हुन् ।

नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको उनको दाबी थियो । सचिव श्रृंगलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सचिव श्रृङ्गलाले कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ ।

त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बनध सम्भयतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकुल अवस्थामा पनि यो विग्रिएको छैन् । कोरोना महामारीमा पनि हामीले छोडेनौँ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए । नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उनले बताए ।

सचिव श्रृङ्गलाले आज सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । यसैबीच भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् । विदेशसचिव श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा आलीसँग पनि शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र सचिवस्तरीय वार्ता सम्पन्न

नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए ।

वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए ।

भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपगेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार