भारत प्रवासमा १९८० देखि नै निरन्तर श्रमजिवीहरुको आवाज सम्प्रेषण गर्दै आएका छौं : खनाल 

धनवीर पुन मगर
नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा २०७६ सालको देउसी भैलो समापन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा समाजको केन्द्रीय कार्यवाहक अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।
खनालले सो अवसरमा भारत प्रवासमा एकता समाजले गर्दै आएको समाजिक कार्य एवं स्वदेशको राजनीतिमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएको बताउनु भयो । “एकता समाजको स्थापना नै समाजमा रहेको विभिन्न असमाजिक तथा कुरिति एवं पुरातनबादको भण्डाफोर र नेपाली श्रमजिवीहरुका बीचमा समाजिक भावनाको विकासका लागि नै भएको थियो ।” खनालले भन्नु भयो– “भारत प्रवासमा हालका दिनहरुमा आफूलाई पुरानो संगठनको रुपमा दावा पेश गर्नेहरु पनि धेरै होलान् तर उनीहरुको त्यस प्रकारका दावाको जवाफ हामीले कामले दिंदै आएका छौं र भविष्यमा पनि निरन्तरता रहने छ ।”
प्रकाशनको महत्व बार प्रकाश पार्दै खनालले भन्नु भयो– “एउटा पत्रिकाको महत्व कति हुन्छ भन्ने विषयलाई जान्न त्यो पत्रिकाको अध्ययन र अध्यपन बारे ज्ञानको आवश्यकता हुन्छ ।” वहाँले अगाडि भन्नु भयो– भारत प्रवासमा सन १९८० देखि नै हामीले श्रमजिवी वर्गको पक्षमा निरन्तर कलम चलाउँदै र उनीको आवाजलाई सम्प्रेषण गर्दै आएका छौं, यसलाई निरन्तरताका लागि भारत भरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली जनसमुदायको सहयोगका अपेक्षा राख्दछौं ।”
मुक्ती भुसालको अध्यक्षता, शिव केसीको सञ्चालन र तिलक खनालको स्वागत मन्तब्यबाट अगाडि बढेको सो कार्यक्रममा नेपाली समाचार साप्ताहिकका सहसम्पदक धनवीर पुन मगर, नेशनल लाईभ टिवीका अनर देवेन्द्र मालिया, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका कोषाध्यक्ष तिलक पाण्डे, केन्द्रीय महिला विभागकी शारदा खनाल, नई दिल्ली नगर समितिका अध्यक्ष विन बहादुर कुँवर, रक्तिम विभागका पहलसिंह परियार, बिद्यार्थी पश्चिमोत्तर क्षेत्रीय समितिकी निशा खनाल, सुपा देउराली ट्राभल्सका दिल खत्री लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतित्थ्यता रहेको थियो ।
सो अबसरमा कलाकारहरुलाइ सम्मान समेत गरिएको थियो । भब्य भैलो समेत प्रस्तुत गरिएको सो कार्यक्रममा व्यापक जनसहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार