भारत सरकारद्वारा ३ मईसम्म लकडाउनको घोषणा

नयाँ दिल्ली । विश्व स्तरमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोकने उदेश्यले भारत सरकारले पुनः १८ दिन लकडाउन घोषणा गरेको छ । सरकारको सो लकडाउन घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले आजको सम्बोधनका दौरानमा गरेका हुन् ।

प्रधानमन्त्री मोदीले लकडाउन ३ मईसम्म गरिने बताए । प्रधानमन्त्रीले आउदो एक हफ्ता कोरोनाको विरोधमा लडाई अझै कठोर गरिने समेत घोषणा गरे । २० अप्रेलसम्म सबै क्षेत्रलाई गम्भीररुपमा हेरिने, कहाँ कतिको लकडाउन पालन गरिन्दैछ अनि नागरिकहरु के कति गम्भीर समस्या छ र आफ्नो क्षेत्रलाई हटस्पट बन्न नदिन के कति प्रयास गरिन्छ सो हेरेर २० अप्रेलदेखी केही जरुरी कुराहरुको छुट दिइने समेत प्रधानमन्त्रीले घोषणा गरे ।

१५ अप्रेल भोलि यसको बारेमा सरकारले विस्तृत नियमावली जारी गर्ने समेत प्रधानमन्त्रीले देशको नाममा सम्बोधनको दौरानमा बताए । “यो छुटको प्रवधान विशेष रुपमा दैनिक कमाएर खानेहरुको निम्ति हो, उनीहरु नै मेरो परिवार हो” प्रधानमन्त्री मोदीले बताए ।

यसबाहेक प्रधानमन्त्री नरेन्द्र मोदीले निम्न ७ वटा अपिल पनि गरेका छन् :
१. घरमा भएका बुडापाकालाई र विषेश ध्यान दिनु पर्ने ।
२. लकडाउन र सामाजिक दुरी र घरमै बनेको मास्क अनिवार्य रुपामा लगाउनु पर्ने ।
३. इम्युनिटी शक्ति बडाउन आयुश मन्त्रालयद्वारा जारी गरिएको नियम पालन गर्नु पर्ने ।
४. कोरोना संक्रमनको रोकथामको निम्ति आरोग्य सेतु मोबाइल एप डाउनलोड गरि प्रयोग गर्ने, अरुलाई पनि डाउनलोड गर्न प्रेरित गर्ने ।
५. जतिहुन सक्छ त्यति नै गरिब परिवारको देखरेख गर्ने, खानाको बन्दोबस्त गर्ने ।
६.. आफ्नो ब्यवसाय र उद्योगमा रहेका कर्मचारीहरुप्रति संवेदना राख्ने, कामबाट ननिकाल्ने ।
७. देशको कोरोना योद्धाहरु डाक्टर, नर्स, पुलिसकर्मी, सफाइकर्मी सबैलाई सम्मान गर्ने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार