भावपूर्ण श्रद्धांजली का. दोर्ण पोखरेल जी

  • खिमराज चालिसे (पंजाब)

७ सेप्टेम्बर २०२० को मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय परिषद सदस्य तथा पञ्जाब क्षेत्रका एक जुझारू नेता, निष्ठावान अनुशासित र कर्तव्यनिष्ट सिपाहीको रुपमा चिर–परिचित नेता का. द्रोर्ण प्रसाद पोखरेलले सधैको लागि यो संसार छोडेर जानु भयो ।

प्युठान जिल्ला ऐरावती गाउँपालीका वरौला वार्ड नम्बर ३ घोरली खोलामा (जबुने भन्दा तल) पिता वुद्धिराम पोखरेल र आमा डासीदेवी पोखरेलको कोखबाट विक्रम संवत २०१८ अर्थात (इं.स.२७/०९/१९६१) मा जन्मनु भएका दोर्ण प्रसाद पोखरेलको घरमा ३ भाइ र २ बहिनी गरि ५ भाई बहिनी मध्ये जेठो सन्तान हुनुहुन्थ्यो । वहाँको वुबा ८८ वर्षको उमेरको हुनुहुन्छ र आमा पनि जिवीत हुनुहुन्छ । धेरैवर्ष पहिला नै आफु तराईमा वसाई सरी कपिलवस्तु जिल्लाको वाढगंगा नगरपालिका वार्ड नम्बर ५ कोपाहा सिमलखोरमा आउनु भएका पोखरेलका श्रीमती, छोराहरु ३ भाइ र वुहारी समेत हुनुहुन्छ ।

वहाँ रोजगारको क्रममा भारतको पञ्जाबमा आइ नोकरी गर्ने क्रममा वहाँ लुधियानामा १९९० मा तत्कालिक एकता समाजको एउटा टोल समितीबाट मूल प्रवाहमा प्रवेश गर्नुभएका पोखरेलले सांगठनिक रुपमा केन्द्रीय पार्षदसम्मको यात्रा निर्विवाद, अनुशासित र कर्तव्यनिष्ठ सिपाहीको रुपमा निभाउनु भएको थियो । वहासँग सहयात्राका केहि वर्ष मै म वहाँको हिसाब किताब राख्ने शैली र सादगीपूर्ण जीवनले धेरै नै प्रवाभित भएको थिए ।

स्थानीय साथीहरूलाई हर समस्याहरुमा काँध थाप्ने असल स्वभावकों व्यक्तीको रुपमा वहाँलाई लुधियानाका प्रत्येक कार्यकर्ताहरुले त सधै याद गर्ने नै छन् भने वहाँलाई पञ्जाब क्षेत्रभरिका नेता कार्यकर्ताहरुले मूल प्रवाहको स्तम्भ अभिभावकको रुपमा सम्झन्छन् । वहाँ संगठनमा लागेपछि विभिन्न प्रकारका अवसरवादीहरुले संगठनको छवि खराब गर्ने असफल प्रयास गरे पनि वहाँले सधै गलत तत्व विरुद्ध निर्ममता पुर्वक संघर्ष गरेको गौरवशाली इतिहास रहेको छ । विचारमा दृढ़ता, कार्यशैलीमा सक्रियता, सादा जीवन शैली र कार्यकर्ताहरुसँग सहजरुपमा प्रस्तुत हुने र विरोधीहरुसँग सम्झैताहिन संघर्ष वहाको सांगठनिक यात्राका विषेश पहिचान हुन् ।

वहाँको असमयिक निधनले मूल प्रवाहलाई अपुर्णनिय क्षती भएको छ, यस्तो शोकाकुल अवश्थामा सम्पुर्ण संगठनकर्ताहरु एकढिक्का भएर वहाँ हिडेको ओजपुर्ण बाटोमा अझै सशक्त र क्रियाशील भी आम शोषित पिडीत वर्गको हकहित र अधिकारको पक्षमा निरन्तर लागिरहनु नै वहाँप्रति सच्चा श्रद्धान्जलि हुनेछ । का. द्रोर्ण प्रसाद पोखरेलको निधनप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोक–संतप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दै आउनुहोस् शोकलाई शक्तीमा बदल्न सम्पुर्ण तहतप्ताका नेता कार्यकर्ता समर्थक शुभचिंतक झनझन दृढताका साथ संगठन निर्माण कार्यमा जुटौं । वर्ग विहिन, शोषण विहीन समाज–निर्माणको वहाँले रोजेको बाटोमा अझै सशक्त लागौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार