भावपूर्ण श्रद्धासुमन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा हिमाचल राज्य समितिका कोषाध्यक्ष विरु श्रेष्ठ पितृ शोकमा पर्नुभएको समाचार प्रति अत्यन्तै दुःखी छौं । मृतकप्रति भावपूर्ण श्रद्धान्जली एवं शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
श्रेष्ठका ८५ वर्षीय पिता शुकलाल श्रेष्ठको १६ सितम्बर २०२० मंगलवार राती १२ बजेर १० मिनेट जाँदा दुःखद निधन भएको थियो । विगु ७ दोलखा निवासी श्रेष्ठ हाल आफ्नो छोरा–बुहारीसँग हिमाचलस्थित भावनगर सुंग्रामा रहँदै आउनु भएको थियो ।
मृतक शुकलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दै शोक संतप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
केन्द्रीय समिति
एवं
हिमाचल राज्य समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार