भिवाडीमा एमसिसि विरुद्ध सभा सम्पन्न

कृष्टि राई,

भिवाडी, ७ सितम्बर । एमसिसी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले राष्ट्रब्यापी बिरोध कार्यक्रमको समर्थनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नगर समिति भिवाडिको आयोजनामा एमसिसी बिरोधको कार्यक्रम सम्पन्न गरेको छ ।

कृष्टि राईको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष काजीराम श्रेष्ठले गर्नु भएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणा पछि केन्द्रीय सदस्य बाबुराम बस्नेत र किशोर राई तथा क्षेत्रीय सदस्य रामप्रसाद घिमिरे, वसन्त श्रेष्ठ, राम बहादुर थापा र भुपु वायुमोर्चा क्षेत्रीय सदस्य डिबि रानाको अतिथि आसन ग्रहण पछि उपस्थित जनसमुदायलाई नगर सदस्य बाबुराम खड्काले आफ्नो स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।

सभामा मन्तव्य राख्ने क्रममा वक्ताहरूले एमसिसीले देशलाई बन्धक बनाउने र समयमै यसलाई रोक्न नसके देशको सार्बभौम नै खतरामा पर्ने कुराहरू राख्नु भएको थियो । राष्ट्र नै खतरामा पर्ने यस्तो राष्ट्रघाति एमसिसिलाई सबै देशभक्त र राष्ट्रभक्त पक्ष मिलेर बिरोध गर्नुपर्ने कुरा राख्नु भएको थियो ।

वक्ताहरूमा क्रमशः केन्द्रीय सदस्य बाबुराम बस्नेत, किशोर राई, क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, वसन्त श्रेष्ठ, रामबहादुर थापा तथा भु.पु वायुमोर्चा क्षेत्रीय सदस्य डि.बि राना हुनुहुन्थ्यो । अन्त्यमा सो बिरोध कार्यक्रमका अध्यक्ष काजीराम श्रेष्ठले कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार