भिवाडीमा नारी दिवश मनाइयो

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडी अन्तर्गत महिला नगर बिभागद्वारा अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

मन्जु पोखरेलको सञ्चाल तथा फुल कुमारी कुमालको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, महिला क्षेत्रीय बिभागबाट तिला केसी, केन्द्रिय विद्यार्थी बिभागका सहसचीव कृष्टि राई र नगर अध्यक्ष काजीराम श्रेष्ठद्वारा अतिथि आसन ग्रहण गर्नुभएको थियो । उपस्थित जनसमुदायलाई यामी पन्थिले स्वागत भासण मार्फत स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मन मायां, कमला केसी, विद्यार्थी बिभागबाट पुरन बगाले र शृष्टि राई, नगर समितिबाट राम कुमार बस्नेत, वसन्त श्रेष्ठ, काशीराम पार्धे, बाबुराम खड्का, किशोर राई, काजीराम श्रेष्ठले मन्तव्य दिनुभएको थियो ।

त्यसै गरि विद्यार्थी बिभागका केन्द्रिय सहसचीव कृष्टि राई, क्षेत्रीय समितिबाट राम बहादुर थापा, राम प्रसाद घिमिरे र महिला क्षेत्रीय बिभागबाट तिला केसी लगायतका वक्ताहरूले महिला हक अधिकार र समाजमा महिलाहरूको योगदान साथै महिला आन्दोलनका इतिहासको बारेमा मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार