भिवानी नगर समितिद्वारा पन्थलाई विदाई समारोह

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समितिले केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष लालचन्द पन्थलाई एक समारोह बीच विदाई गरेको छ ।

मोहनसिंह विकको अध्यक्षता र भिम बहादुर रायमाझीको सञ्चालनबाट अगाडि बढेको सो विदाई समारोहमा लालचन्द पन्थ, क्षेत्रीय सचिव शालिकराम आचार्य र गोवर्धन विकको आतित्थ्यता गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई भुप बहादुर थापाले स्वागत गर्नुभएको थियो ।

शालिकराम आचार्यले दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो भने, मनीराम अधिकारीले पुष्पगुच्छा प्रदान गर्नुभएको थियो ।

मूल प्रवाह नगर समितिका मनीराम अधिकारी, महिला क्षेत्रीय विभागकी हस्तुदेवी विक, प्रवासी नेपाली संघ भारतका रामु गिरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

स्मरण रहोस् । पन्थलाई २१ मार्चका दिन केन्द्रीय समितिले पनि एक समारोह बीच विदाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार