भोपालमा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • कृष्ण पचभैया

भोपाल, मध्यप्रदेश, १० अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय समिति, भोपाल नगर समिति, महिला बिभाग र एरिया टोलका सचिवालय सदस्यसम्म सहभागि हुने गरि भोपाल नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको अध्यक्षता रमेश रानाले र सञ्चालन अर्जुन जि.एम.ले गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि आसन ग्रहण तथा प्रशिक्षण दिनेहरुमा केन्द्रीय सदस्य ताल बहादुर खड़का, मध्य भारत क्षेत्रीय अध्यक्ष के.बी. खड्का र मध्य भारत क्षेत्रीय सचिव नारायण सापकोटा हुनुहुन्थ्यो ।

प्रशिक्षण कै क्रममा ताल बहादुर खड्काद्वारा कार्यकर्ता, कार्यकर्ता र कार्यप्रणाली, अनुशासन र कार्यपद्धती, के. बी. खड़काद्वारा संगठन र संगठनको आबस्यकता र नारायण सापकोटाद्वारा दर्शनको बिषय बस्तुबाट प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षण प्राप्त गर्ने लगभग २५ जना सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार