भोपालमा भव्य देउसी भैलो

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिले बर्ष २०७६ सालको प्रगतिशिल देउसी भैलो कार्यक्रम सम्पन्न पारेको छ । नगर अध्यक्ष किम बहादुर कार्कीद्वारा उदघाट्नबाट अगाडि बढ्को सो कार्यक्रममा केन्द्रीय सदस्य ताल बहादुर खड्का, क्षेत्रीय अध्यक्ष केवी खड्का एवं क्षेत्रीय समिति तथा नगर समितिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

रक्तिम कलाकारहरु प्रस्तुत देउसी भैलो कार्यक्रमलाई स्थानीय नेपाली श्रमजिवी जनसमुदायको व्यापक सहयोग तथा समर्थन रहेको थियो । कार्यक्रम लक्ष्मी पूजादेखि शुरु गरि एकादशीका दिन समापन गरिएको हामीलाई भोपालबाट कृष्ण पचभैयाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार