भोपालमा रक्तिमका कलाकारहरु बीच अनलाईन प्रशिक्षण

 कृष्ण पचभैया

भोपाल, २५ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति रक्तिम विभागको आयोजनामा रक्तिमका कलाकारहरुको अनलाई जूम मिटिंगद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सञ्चालन अर्जुन जिएम र अध्यक्ष्यता श्रीमती सोनु थापाले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तालबहादुर खड्का, मध्य भारत क्षेत्रीय समिति अध्यक्ष्य नारायण सापकोटा, भोपाल नगर समिति अध्यक्ष्य पिताम्बर पुलामीले आतित्थ्यता गर्नुभएको थियो ।

सम्पूर्ण उपस्थित रक्तिमका कलाकार, विभागीय सदस्यहरुलाई समाजमा एउटा कलाकार र कलाकारको आबश्यकता तथा कलाकारले समाजप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो । आफ्नो भूमिकाहरु बारे अवगत गराउनुका साथै अहिलेको यो कोविड महामारीले गर्दा कुनै पनि कार्यक्रम सम्पन्न गर्न न सकिएको गुनासो ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार