भोपालमा रक्तिम नगर विभाग गठन

भोपाल, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति अन्तर्गत रक्त्तिम बिभागको भेला सम्पन्न भएको छ । भेलाले अर्जुन जीएमको संयोजकत्वमा ७ सदस्यीय भोपाल रक्तिम विभाग गठन गरिएको छ । सदस्यहरुमाः श्रीमति प्रियंका के.सी, श्रीमति सोनु थापा, कृष्ण पचभैया, सुनिता खम्चाकी, सरिता पचभैया र भीम बि.क. रहनुभएको छ ।

भेलामा मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष के. बी. खड़का र भोपाल नगर समितिका पीताम्बर पुलामी उपस्थितको आतित्थ्यता रहेको थियो ।

भेलाद्वारा चयन विभागीय समितिलाई अतिथिहरुले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार