भोपालमा MCC विरुद्ध सभा सम्पन्न

कृष्ण पचभैया,

भोपाल, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिको आयोजनामा देशभित्र भै रहेको एमसिसि सम्झौता विरुद्धको कार्यक्रमप्रति एक्यवद्धा जनाउँदै मूल प्रवाह भोपाल नगर समितिको आयोजनामा बिरोध सभा सम्पन्न गरिएको छ ।

कार्यक्रमको सञ्चालन श्रीमती सोनु थापाले र अध्यक्ष्यता नगर समिति अध्यक्ष्य पिताम्बर पुलामीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात उपस्थित जनसमुहहरुलाई स्वागत तथा मन्तब्य रमेश रानाले गर्नुभएको थियो ।

उक्त कार्यक्रम केन्द्रीय सदस्य ताल बहादुर खड्काको प्रमुख आतित्थ्यता रहेको थियो । खड्काले नेपालमा एमसिसि सम्झौता खारेज गर्नुको विकल्प नरहेको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा मध्य भारत क्षेत्रीय समिति सदस्य लाल बहादुर क्षेत्री, नगर समिति महिला विभागबाट श्रीमती प्रेमा शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार