भौगोलिक अखण्डताविरुद्ध बोल्ने सांसदलाई जेल हालः भिमार्जुन

काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले देशको राष्ट्रियता तथा भौगोलिक अखण्डताका विरुद्ध बोल्ने सांसदलाई जेला हाल्न माग गर्नुभएको छ ।

सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनता अपरिवर्तनीय संविधानले नै अपरिवर्तनीय व्यवस्था गरेको भन्दै त्यस विरुद्ध बोल्ने सांसदलाई जेल हाल्न सभामुखको ध्यानाकर्षण गराउँदै उहाँले सभामुखलाई त्यो अधिकार रहेको स्मरण गराउनुभएको छ ।

आचार्यले ट्विटरमा लेख्नुभएको छ, ‘सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता संविधानका अपरिवर्तनीय ब्यवस्था हुन् । केही सांसदहरुको भौगोलिक अखण्डता बिरूद्धका अभिब्यक्तिले देश र संसद्को अवहेलना भएको छ । सभामुखले त्यस्ता सांसदलाई सचेत गराउन, नसीहत दिन र तीन महिनासम्म कैद सजाय तोक्न सक्दछ । सभामुखको तत्काल ध्यानाकर्षण होस् ।’

हालै जनता समाजवादी दलकी सांसद सरिता गिरीले लिम्पियाधुरा नेपालको हो भन्ने कुरा आफूले स्वीकार नगर्ने बताएकी थिइन् । देशको अखण्डताविरुद्ध बोल्ने गिरीलाई तत्काल संसदबाट निलम्बन गरी कारबाही गर्न सामाजिक सञ्जालमा दबाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार