भ्रम र छलछामले धेरै लामो यात्रा तय गर्दैन : पौडेल

हैदरावाद, ३१ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको दोस्रो भेला सम्पन्न भएको छ । रामप्रसाद पौडेलको अध्यक्षता र तिलक रानाको सञ्चालन, अतिथिहरुको आसन ग्रहण पछि वीर शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात उपस्थित सहभागीहरुलाई घनश्याम शर्माले शब्दबाट र रक्तिमका क्षेत्रीय कलाकारहरुले गित संगीतबाट स्वागत गरेका थिए ।

भेलाको उद्घाटन प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले मैनबत्ति बालेर गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन मन्तव्यमा पौडेलले– ‘मूल प्रवाह भारतस्थित नेपालीहरुको अभिभावक संगठन हो’ भन्नु भयो । पौडेलले प्रवासी नेपालीहरुका हक हित र समस्या समाधान गर्ने सबालमा मूल प्रवाह सदा अग्रपंक्तिमा रहेको बताउनु भयो ।

सामाजिक चेतनाको बिकास गर्दै सामाजिक भाबनाको बलियो एकताले नै समाजको बिकास भएको बारे पौडेले प्रस्ट्याउनु भयो । मूल प्रवाहले सामाजिक चेतनाको साथसाथै राजनैतिक चेतनाको पनि बिकास गराउने भएकोले यो भारतस्थित नेपालीहरुको विश्व विद्यालय भएको पौडेलले जिकिर गर्नुभयो ।

संगठनको नाममा संगठन कै बिरोध गरि विभिन्न प्रकारका भ्रम सृजना गरि सोझा इमान्दार कार्यकर्ताहरुलाई अलमल पार्ने फुटपरस्त तत्वहरुलाई चुनौती दिंदै– ‘मूल प्रवाहको बिरोध गरि मूल प्रवाह कै नामबाट आफू बैधानिक भएको घोषणा गर्नु हास्यास्पद र छलछामको राजनीति हो’ पौडेलले भन्नु भयो– ‘यो भ्रम र छलछामले धेरै लामो यात्रा तय गर्न कसैले  पनि सकिंदैन ।’

‘संगठनमा भिन्न विचार आउनु छलफल हुनु स्वभावैले गलत कुरा होइन, तर गलत कुरा के हो भने भिन्न विचारका नाममा जथाभावी र कृत्य कुरा गर्दै हिड्नु अराजकता हो ।’ पौडेलले अगाडि भन्नु भयो– ‘यसले संगठनको विधि, बिधान, पद्धति र नियमलाई मान्दैन । यस्तो अराजकताको भुमरीमा संगठनको समरचनालाई पर्नबाट जोगाउनु आम कार्यकर्ताहरुको दायित्व हो ।’ फुटपरस्त तत्वहरुले सृजना गरेको भ्रममा नपर्न पनि आम कार्यकर्तालाई निर्देशन गर्नु भयो । संगठनले दिएको जिम्मेवारी पूरा गर्न दायित्व पूरा गर्नको लागि भेलाले सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।

त्यस्तै मूल प्रवाह कि केन्द्रीय सदस्य फुल बिना पौडेल, भिम बहादुर थापा र रतनसिंहले भेलालाई सफलताको शुभकामना दिनुभएको थियो ।

भेलामा विभिन्नन नगरहरुबाट रिपोर्टिङ गरिएको थियो, जसमा ः नागपुरबाट रुपलाल जिएम, नालगोण्डाबाट चेतन शर्मा, उत्तर हैदराबादबाट मोहनलाल शर्मा, मध्य हैदराबादबाट थानबहादुर क्षेत्री, दक्षिण हैदराबादबाट वीरबहादुर बिकले आ–आफ्नो नगर समितिको रिपोर्टिङ् गर्नुभयो । आएका रिपोर्टिङ माथी क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले स्पष्ट पार्नुभएको थियो ।

भेलाबाट चयन क्षेत्रीय समितिको घोषणा केन्द्रीय सदस्य भिमबहादुर थापाले घोषणा गर्नुभएको थियो । जसमाः अध्यक्ष– रामप्रसाद पौडेल, उपाध्यक्ष– रुपलाल जिएम (नागपुर), सचिव– तिलक राना –मध्य हैदराबाद), सहसचिव– शंकर नेपाली (उत्तर हैदराबाद), कोषाध्यक्ष– घनश्याम शर्मा (उत्तर हैदराबाद) रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ः रतन सिंह (दक्षिण हैदराबाद), कृष्ण बहादुर थापा (दक्षिण हैदराबाद), कुमार थापा (मध्य हैदराबाद), पुष्पा पौडेल (उत्तर हैदराबाद), वीर बहादुर विक (दक्षिण हैदराबाद), झलक पुन (मध्य हैदराबाद), चेतन शर्मा (नालगोण्डा), राजकुमार रायमाझी (एल्लुर), सुर्यबहादुर थापा (उत्तर हैदरावाद) खिम बहदुर परियार (उत्तर हैदरावाद), लालबहादुर थापा (उत्तर हैदरावाद), बिकास परियार (मध्य हैदरावाद), राजु दुलाल (मध्य हैदरावाद) र दुई स्थान रिक्त ।

बैकल्पिक सदस्यहरूमाः मोहन लाल शर्मा (उत्तर हैदरावाद) रामप्रसाद अधिकारी (उत्तर हैदरावाद), इश्वर पुन (नागपुर), मायाँ थापा (उत्तर हैदरावाद), कृष्ण कुमारी विक (मध्य हैदरावाद), पर्शुराम शर्मा (उत्तर हैदरावाद) र धनबहादुर थापा (उत्तर हैदरावाद) ।

सल्लाहकार सदस्यहरुमा मिन बहादुर थापा (उत्तर हैदरावाद), गङा कडायत (मध्य हैदरावाद), कुल बहादुर रेश्मी (मध्य हैदरावाद), तेज बहादुर पुन (नागपुर), प्रेम बहादुर थापा (चन्द्रपुर), शेर बहादुर खड्का (वर्धा), रन बहादुर पौडेल (दक्षिण हैदरावाद), दुर्गा प्रसाद शर्मा (बिशाका), लालबहादुर क्षेत्री (उत्तर हैदराबाद) प्रेम विक (मध्य हैदरावाद), र भुपाल ठाडा राना (दक्षिण हैदरावाद) रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार